सातौँ वर्ष प्रवेश गरेको अवसरमा इन्जिनियरिङ ‘इन्ट्रान्स क्लास’मा पाई एकेडेमीको विशेष छात्रवृत्ति
Home News शिक्षा

सातौँ वर्ष प्रवेश गरेको अवसरमा इन्जिनियरिङ ‘इन्ट्रान्स क्लास’मा पाई एकेडेमीको विशेष छात्रवृत्ति

images/327211599_853907482347612_528646121747559483_n.png
images/327211599_853907482347612_528646121747559483_n.png
Text Size

पाई एकेडेमीले आफ्नो स्थापनाको सातौँ वर्षको अवसरमा इन्जिनियरिङ तथा सीएसआटी प्रवेश परीक्षा तयारी कक्षामा भर्ना हुने सबै विद्यार्थीहरूलाई छात्रवृत्ति दिने भएको छ । विगत सात वर्षदेखि इन्ट्रान्स कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले भौतिक कक्षामा भर्ना हुने विद्यार्थीहरूलाई सात हजार छुट र अनलाइन कक्षामा भर्ना हुने विद्यार्थीहरूलाई पाँच हजार छुट दिने भएको हो ।

images/327211599_853907482347612_528646121747559483_n.png

यससँगै विद्यार्थीले १३ हजारमा फिजिकल कक्षा र पाँच हजारमा अनलाइन कक्षा पढ्न पाउने छन् । त्यस्तै सातौँ वर्ष प्रवेश गरेको अवसरमा एकेडेमीले सबै अफिस भिजिटरहरूलाई निशुल्क 'परमुला बुक' दिने व्यवस्था मिलाएको छ ।

images/327211599_853907482347612_528646121747559483_n.png

काठमाडौंको माइतीघरमा अवस्थित एकेडेमीले उक्त शुल्कभित्र ‘विक्ली मक टेस्ट’, आइओइ टपरहरूबाट डाउट क्लिएरीङ सेसनसँगै म्याथ, फिजिक्स, केमेस्ट्री तथा अंग्रेजी विषयको इन्जिनियरिङ प्रवेश परीक्षाको पाठ्यक्रममा आधारित पुस्तक तथा डिजिटल नोटको व्यवस्था गरेको एकेडेमीका संचालक मनिष पौडेलले जानकारी दिए ।

images/327211599_853907482347612_528646121747559483_n.png

दश वर्षभन्दा बढी अनुभवी भएका प्रशिक्षकबाट अध्यापन गराउँदै आएको एकेडेमीले विगतका वर्षमा आएको प्रश्नहरूको आधारमा तयार पारिएको नमुना प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिने व्यवस्था मिलाएको छ । प्ल्स टु साइन्स पढेका या डिप्लोमा इन इन्जिनियरिङ अध्ययन उत्तीर्ण गरेका विद्यार्थीहरूले इन्जिनियरिङ तथा सीएसआटीको प्रवेश परीक्षामा सहभागि हुन पाउँछन् ।

images/327211599_853907482347612_528646121747559483_n.png

Leave a Comment

Your email address will not be published. Required fields are marked *