त्रिभुवन विश्वबिद्यालयले इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा पहिलो पटक केमिकल र बायोमेडिकल इञ्जिनियरिङ्ग बिषयका लागी स्थायी उप प्राध्यापकको माग गरेको छ। २०८१ जेष्ठ २१ गते गोरखापत्रमा सुचना प्रकाशन गर्दै विश्वबिद्यालयले दरखास्त आह्वान गरेको हो । उक्त पदहरुमा खुल्ला प्रतियोगिताबाट पदपूर्ती गरिने सेवा आयोगको कार्यलयले जनाएको छ।
केमिकल इञ्जिनियरिङ्ग बिषयका लागी खुल्ला तर्फ २, महिला तर्फ १ र अनुसन्धानात्मक विशिष्टताका आधारमा १ समेत गरी जम्मा ४ र बायोमेडिकल इञ्जिनियरिङ्ग बिषयका लागी खुल्ला तर्फ २, महिला तर्फ १ र आदिबासी जनजाती तर्फ १ गरी जम्मा ४ जना उप प्राध्यापक माग गरेको छ। आबेदन फारम त्रिभुवन विश्वबिद्यालयको सेवा आयोगको कार्यालयको वेवसाइट https://teachervacancy.tu.edu.np बाट भर्न सकिनेछ।
त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा वि. सं. २०७६ देखि केमिकल इञ्जिनियरिङ्ग कार्यक्रम संचालनमा आएको थियो भने आगामी शैक्षिक सत्रदेखि बायोमेडिकल इञ्जिनियरिङ्ग संचालन गर्ने तयारी गरि रहेको छ। इञ्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा डा सुशील बहादुर बज्राचार्यले बायोमेडिकल इञ्जिनियरिङ्ग संचालनका लागी तयारी भै रहेको र आर्थिक सुनिश्चता भए यसै बर्षदेखि संचालन हुने बताउनु भयो।

Your email address will not be published. Required fields are marked *