एभरेष्ट इञ्जिनियरिङ्ग कलेज: उच्च शिक्षाको उत्कृष्ट शैक्षिक गन्तब्य
Home News शिक्षा

एभरेष्ट इञ्जिनियरिङ्ग कलेज: उच्च शिक्षाको उत्कृष्ट शैक्षिक गन्तब्य

इन्जिनियर खबर - June 8, 2025 7322 views
-
-
Text Size

एभरेस्ट इन्जिनियरिङ कलेज: प्राविधिक शिक्षाको केन्द्रबिन्दु

-

ललितपुरको सानेपा स्थित एभरेस्ट इन्जिनियरिङ कलेज (EEC) विगत २५ वर्षदेखि प्राविधिक शिक्षामा समर्पित हुँदै आएको छ। सन् २००१ मा स्थापना भएको यो कलेज नेपालमा इन्जिनियरिङ शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक अग्रणी संस्था हो। 

-

सशक्त कार्यक्रमहरू, उत्कृष्ट शिक्षा

कलेजमा स्नातकदेखि स्नातकोत्तर तहसम्मका विभिन्न इन्जिनियरिङ कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। विद्यार्थीहरूका लागि कलेजले हाल निम्न शैक्षिक कार्यक्रमहरू संचालन गरिरहेको छ।

स्नातक तह (Bachelor Level):

स्नातकोत्तर तह (Master Level):

अनुभव, पूर्वाधार र उपलब्धि

कलेजमा हाल ९०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने ७० भन्दा बढी प्राध्यापक, शिक्षक र कर्मचारी कार्यरत छन्। २१०० भन्दा बढी विद्यार्थीहरूले यहाँबाट स्नातक गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेका छन्।

शैक्षिक मात्र नभई भौतिक पूर्वाधारका हिसाबले पनि कलेजले प्रशस्तै सुविधा उपलब्ध गराइरहेको छ — विभिन्न अत्याधुनिक प्रयोगशालाहरुका साथ नेपाल गुणस्तर तथा नापतौल बिभाग बाट मान्यता प्राप्त राष्ट्रिय स्तरको उत्कृष्ट निर्माण बस्तु परिक्षण प्रयोगशाला (Material Testing Lab), ICT कक्षा, पुस्तकालय, सेमिनार हल र प्रोजेक्ट वर्कका लागि आवश्यक  सम्पूर्ण पक्षहरुको उचित ब्यबस्थापन गरिरहेको छ।

कलेजले कलेजका सम्पूर्ण प्रयोगशाला तथा साधन श्रोतहरु प्राज्ञिक एवं अनुसन्धानकर्ताहरुका लागि निशुल्क र सहज रुपमा उपलब्ध गराउने गरेको छ |

अनुसन्धान र नवप्रवर्तनमा जोड

एभरेस्ट इन्जिनियरिङ कलेजको शैक्षिक दृष्टिकोण केवल किताबी ज्ञानमा मात्र सीमित छैन। कलेजले ‘शिक्षा = अनुसन्धान + अभ्यास + सिर्जना’ भन्ने मूल मन्त्रमा विश्वास राख्ने गरेको छ। कलेजले विद्यार्थीहरूलाई थ्योरीसँगै परियोजना कार्य, प्रयोगशाला अभ्यास, अनुसन्धान र उद्योग-सम्बन्धी ज्ञानमा समान रूपमा प्रशिक्षित गराउदै आएको छ। यँहाका विद्यार्थीहरुले विभिन्न शैक्षिक तथा प्राविधिक प्रदर्शनी, सेमिनार, कन्फेरेन्स तथा प्रतियोगितामा आफूलाई अब्बल साबित गर्दै आइरहेका छन्।

भर्ना खुल्ला, अवसरकै समय

हाल कलेजले नयाँ शैक्षिक सत्रका लागि स्नातक र स्नातकोत्तर तहका सबै कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरिसकेको छ। इच्छुक विद्यार्थीहरू कलेजको वेबसाइट www.eemc.edu.np मा गई फारम भर्न सक्नेछन् वा कलेजमा प्रत्यक्ष सम्पर्क गरेर पनि आवेदन दिन सकिनेछ।

📍 स्थान: सानेपा-२, ललितपुर
📞 सम्पर्क: ०१-५४२०७४२
🌐 वेबसाइट: www.eemc.edu.np

-

 

-




Leave a Comment

Your email address will not be published. Required fields are marked *