एकासी जनाले पाए स्टार्टअप कर्जा
Home News अर्थतन्त्र

एकासी जनाले पाए स्टार्टअप कर्जा

गोरखापत्र - June 15, 2025 182 views
images/start_up.jpg
images/start_up.jpg
Text Size

काठमाडौँ, असार १ गते । चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टार्टअप उद्यम कर्जा वितरण सुरु भएको छ । स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ जनामध्ये ८१ जना उद्यमीले नौ करोड सात लाख रुपियाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । त्यस्तै एक सय जनाले कर्जा लिन खाता खोलेको प्रतिष्ठानले जनाएको छ । 

images/start_up.jpg

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले आगामी असारभित्र छनोट भएका सबै उद्यमीलाई कर्जा प्रवाह गरिसक्ने जानकारी दिनुभयो । छनोटमा परेका उद्यमीले न्यूनतम पाँच लाखदेखि २५ लाख रुपियाँसम्म कर्जा वितरण गरिएको उहाँले बताउनुभयो । सिफारिसमा परेका उद्यमीलाई सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैङ्कमार्फत प्रतिष्ठानले कर्जा वितरण गरेको छ । 

images/start_up.jpg

बैङ्कले कर्जा प्रवाह गर्न बढीमा पाँच लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको दोस्रो किस्ता र त्यसभन्दा माथिको हकमा तेस्रो किस्तामा गरी कर्जा वितरण गर्ने स्टार्टअप उद्यम कार्यविधिमा उल्लेख छ । बैङ्कले छनोटमा परेका उद्यमीलाई स्थलगत निरीक्षण गरेर मात्र कर्जा वितरण गर्ने गरेको छ ।

प्रतिष्ठानले गत भदौ ११ मा कर्जा प्रवाहका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । त्यतिबेला अनलाइन र भौतिक रूपमा उपस्थित भई पाँच हजार १५८ उद्यमीले प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये पुस १९ मा एक हजार ३१४ उद्यमी परियोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए । छनोट भएकामध्ये एक हजार ७३ उद्यमीले पुस अन्तिम सातादेखि चैतको दोस्रो सातासम्म परियोजना प्रस्तुतीकरण गरेका थिए । 

चालु आवको बजेटमा सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । गत आवमा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो । सरकारले नवीनतम उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा सहभागी गराउने उद्देश्यले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि कार्यान्वयमा ल्याएको छ । कार्यविधिले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई समावेश गरेको छ । 

स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने उद्योगमा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघुउद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डी क्राफ्ट उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोटर्स तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधन रहेका छन् ।

images/start_up.jpg

सरकारले आगामी आव २०८२/८३ को बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि ७३ करोड रुपियाँ विनियोजन गरेको छ ।   

images/start_up.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *