सुदुरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस कार्यक्रम सम्पन्न
Home News शिक्षा

सुदुरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस कार्यक्रम सम्पन्न

इन्जिनियर खबर - June 17, 2025 7850 views
images/508413009_1280986524035522_1463512977032834617_n.jpg
images/508413009_1280986524035522_1463512977032834617_n.jpg
Text Size

काठमाडौं, सुदुरपश्चिम विश्वविद्यालयको स्थापनाको १६ औं वर्ष पुरा भएको छ । वि. सं २०६७ मा संसदको ऐनद्वारा सुदुरपश्चिम विश्वविद्यालयको स्थापना भएको थियो।  मंगलबार विश्वविद्यालयले महेन्द्रनगर कंचनपुरमा १६औं स्थापना दिवसको कार्यक्रम सप्पन्न गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन्। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवर्द्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ,’ मुख्यमन्त्री शाहले भने, ‘रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ।’ साथै उनले प्रदेश सरकार सुदूरपश्चिम विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे। कार्यक्रममा इञ्जिनियरिङ्ग संकायका डीन प्रा. डा. किसन दत्त भट्टले विश्वविद्यालय स्थापना देखिका हाल सम्मका क्रमिक बिकास  तथा  उपलब्धिहरु प्रस्तुत गर्नु भएको थियो। 

images/508413009_1280986524035522_1463512977032834617_n.jpg

 

images/508413009_1280986524035522_1463512977032834617_n.jpg

स्थापनाको १६ वर्ष

सुदुरपश्चिम विश्वविद्यालयको स्थापनाको १६ औं वर्ष पुरा भएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस र सुदूरपश्चिम प्रदेशका विभिन्न ९ जिल्लामा रहेका यसका आंगिक क्याम्पसहरूले स्थानीय जनतालाई उच्च शिक्षामा पहुँच पुर्‍याइ रहेको छ भने यस  क्षेत्रको समग्र विकासमा योगदान दिइ रहेको छ। विश्वविद्यालयले इन्जिनियरिङ, मानविकी तथा सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्रविधि, कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, कानुन र स्वास्थ बिज्ञान गरी  नौ वटा संकायमार्फत स्नातक तथा स्नातकोत्तर तहका विविध शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। हाल सुदूरपश्चिम विश्वविद्यालयमा करिव ५०० प्राध्यापक र २०१ कर्मचारी कार्यरत छन् भने करिब बिस हजार विद्यार्थीहरू विभिन्न संकायहरूमा अध्ययनरत छन्। 
विश्वविद्यालयमा स्नातक तहका ३२, स्नातोकत्तर तहका १५, एमफिल तहका ६ र विद्यावारिधि तहका ६ वटा कार्यक्रमहरु संचालन छन्। विश्वविद्यालयका १६ आंगिक र ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस / कलेजहरु छन्। यस विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था, विश्वविद्यालय, स्थानीय तथा प्रादेशिक सरकारी निकायहरू, र अन्तर्राष्ट्रिय अनुसन्धान तथा विकास संस्थाहरूसँग  प्राज्ञिक तथा अनुसन्धानका लागी सम्झौता (MOU) पनि गरेको छ।

 

स्मारिका प्रकाशन 
स्थापना दिवसको अवसर पारेर विश्वविद्यालयले वार्षिक दर्पण ०८१/ ०८२ नामक स्मारिका प्रकाशन गरेको छ। विश्वविद्यालयले पछिल्लो एक वर्षमा गरेका गतिविधि, क्रियाकलाप तथा प्राध्यापक, कर्मचारी र विद्यार्थीका लेख, रचना समावेश गरेर स्मारिका प्रकाशन गरेको विश्वविद्यालयले जनाएको छ। 

 

दीर्घसेवा पदक द्वारा प्राध्यापक तथा कर्मचारी सम्मानित 
१६ औं स्थापना दिवसको अवसर पारेर विश्वविद्यालयले  २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना प्राध्यापक तथा कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरेको छ। उपकुलपति प्रा. डा. हेमराज पन्तले दीर्घसेवा पदक पाएकाहरुलाई पदक, प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन्।

 

प्राज्ञिक अनुसन्धानमा जोड दिन्छौं : उपकुलपति पन्त
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति पन्तले सुदुरपश्चिम विश्वविद्यालयले नेपालको र अझ विशेष गरी सुदुरपश्चिम प्रदेशको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भुमिका खेलेको बताउदै आगामी दिनमा प्राज्ञिक अनुसन्धानमा थप जोड दिने बताउनु भयो । उहाँले सिमित स्रोत, साधनका बिच पनि प्राध्यापक, कर्मचारी र विद्यार्थीले खेलेको समन्वयकारी भुमिका प्रति धन्यवाद व्यक्त गर्दै अध्ययन अनुसन्धानको क्षेत्रमा थप लागिरहन सबै पक्षलाई अनुरोध गर्नु भयो । साथै संघ र केन्द्र सरकारले विश्वविद्यालयको आर्थिक अनुदानमा समेत वृद्धि गर्नु पर्ने बताउनु भयो ।  

images/508413009_1280986524035522_1463512977032834617_n.jpg

 

images/508413009_1280986524035522_1463512977032834617_n.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *