भोटेकोसीमा तीन स्थानमा पहिरो, अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध
Home News समाचार

भोटेकोसीमा तीन स्थानमा पहिरो, अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध

इन्जिनियर खबर - June 19, 2025 262 views
images/E0A6062A-4892-4B5E-BAB3-F507F76BAE54.jpeg
images/E0A6062A-4892-4B5E-BAB3-F507F76BAE54.jpeg
Text Size

भोटेकोसी, सिन्धुपाल्चोक – भोटेकोसी गाउँपालिकाको विभिन्न तीन स्थानमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ।

images/E0A6062A-4892-4B5E-BAB3-F507F76BAE54.jpeg

इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, भोटेकोसी–२ को कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेको हो। अहिले पहिरो पन्छाउने काम जारी रहे पनि सडक आवागमन ठप्प भएको छ।

images/E0A6062A-4892-4B5E-BAB3-F507F76BAE54.jpeg

सडक अवरुद्ध हुँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी समेत रोकिएको प्रहरीले जानकारी दिएको छ।

images/E0A6062A-4892-4B5E-BAB3-F507F76BAE54.jpeg

यता, लगातारको वर्षाका कारण भोटेकोसी–२ स्थित लिपिङ बजारमा गएको पहिरोले तीन घरमा क्षति पुर्‍याएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको छ। 

images/E0A6062A-4892-4B5E-BAB3-F507F76BAE54.jpeg

Leave a Comment

Your email address will not be published. Required fields are marked *