त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको इञ्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षाको मिति सार्वजनिक गरेको छ। प्रवेश परिक्षा बोर्डले आज सुचना प्रकाशन गर्दै २०८२ श्रावण १३ देखि अनलाइनबाट फारम भर्न मिल्ने र २०८२ भाद्र ३ देखि प्रवेश परिक्षा हुने जानकारी गराएको छ। कम्प्युटर माध्यमबाट संचालन हुने प्रवेश परिक्षा पुल्चोक स्थित सुचना, संचार तथा प्रविधि अध्ययन केन्द्र र पस्चिमाञ्चल क्याम्पस, पोखरामा हुनेछ। प्रवेश परिक्षा सम्बन्धि बिस्तृत सुचना २०८२ श्रावण १ को गोरखापत्र दैनिकमा प्रकाशन हुनेछ।
बायोमेडिकल इञ्जिनियरिङ्ग अर्को शैक्षिक सत्र देखि मात्र सुरु हुने
इञ्जिनियरिङ्ग अध्ययन संस्थानले सुरु गर्न खोजेको नयाँ कार्यक्रम बायोमेडिकल इञ्जिनियरिङ्ग भने यही शैक्षिक सत्रबाट सुरू नहुने भएको छ। इञ्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा. डा. सुशील बहादुर बज्राचार्यले इञ्जिनियर खबरसँग कुरा गर्दै तिब्र तयारीका बिच पनि यो वर्षबाट सुरु गर्न नसकिएको र आगामी शैक्षिक शत्रबाट सुरु हुने बताउनु भयो।
यस अघि प्रा. डा. सुवर्ण शाक्य नेतृत्वको बायोमेडिकल इञ्जिनियरिङ्ग कोर्स निर्माण कमीटीले प्रतिबेदन बुझाउदै चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) सँग सहकार्य गरी बायोमेडिकल इञ्जिनियरिङ्ग कार्यक्रम संचालन गर्न सकिने प्रतिवेदन बुझाएको थियो। शाक्य नेतृत्वको कमिटिले प्रतिबेदन बुझाएको केही दिनमा नै त्रिभुवन विश्वविद्यालयले बायोमेडिकल इञ्जिनियरिङ्ग बिषयका लागी खुल्ला तर्फ २, महिला तर्फ १ र आदिबासी जनजाती तर्फ १ गरी जम्मा ४ जना स्थायी उप प्राध्यापक माग गरेको थियो।
Your email address will not be published. Required fields are marked *