२६ वर्षपछि पूरा हुँदै हुम्लीवासीको सडक सपना
Home News पूर्वाधार

२६ वर्षपछि पूरा हुँदै हुम्लीवासीको सडक सपना

images/PM_humla.jpg
images/PM_humla.jpg
Text Size

२२ असार, हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला जान लागेको उनको सचिवालयले जनाएको छ ।

images/PM_humla.jpg

पुल उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि हुम्लामा केही दिनदेखि तयारी थालिएको थियो । निर्माणाधीन पुलको काम तीव्र रुपमा अघि बढाएर सम्पन्न गरिएको छ ।

images/PM_humla.jpg

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

चुवाखोला-कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुन लागेको हो । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज-जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन-नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो छ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो । 

हरेक वर्षको बजेट भाषणमा सिमकोट सडक सञ्जालमा जोड्ने विषयले प्राथमिकता पायो तर हरेक सालको अन्त्यमा अपेक्षित प्रगति हुन नसक्दा स्थानीय स्तरमा बढेको चर्को दबाबका बीच सरकारले ९ चैत २०७१ मा कालिकोटको लैफु- लालुदेखि हुम्लाको सर्केगाडको सलिसल्लासम्मको १२३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्‍यो । नेपाली सेनाले जिम्मा पाएपछि कोरिडोरको ट्र्याक खोल्ने कामले तुलनात्मक रूपमा तीव्रता पायो ।सेनाले १ साउन २०७८ मा उक्त खण्ड निर्माण सम्पन्न गर्‍यो । निर्माण सकेपछि हिल्सा-मकोट सडक योजना कार्यालयका तत्कालीन कार्यालय प्रमुख विसुन्दास लामा र बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द लामालाई हस्तान्तरण गरेको कर्णाली करिडोर सडक निर्माण दलका तत्कालीन प्रमुख मेजर सेनानी इन्जिनियर मिलन कार्कीले जानकारी दिए ।त्यसपछि हुम्लाका ताजाकोट, अदनचुली, चंखेली र सर्केगाड गाउँपालिकाका केन्द्र राष्ट्रिय सडक सञ्जालमा जोडिए ।

यो निर्माण सकिदा सिमकोटलाई सडक सञ्जालमा जोड्न ११ किलोमिटर सडक  बाँकी रहेको र उक्त ठाउँमा कडा चट्टान भएकाले चट्टान छिचोल्ने काम सेनाले नै गर्नुपर्ने राय जिल्लाका दल र नागरिक अगुवाबाट आयो। तस् पश्चात ११ किलोमिटर कडा चट्टानी भागमा सेनाले ट्र्याक खोलेपछि नेपालगञ्ज, सुर्खेतबाट बोलेरो जीप, मालबाहक ट्रक, टयाक्टर हुम्लाको खार्पुनाथ गाउँपालिका-५ को खार्पुदोभानसम्म आउजाउ गर्दै आएका छन् र अब भने हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना साकार हुन लागेको हो। 

images/PM_humla.jpg

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन । यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षपछि सडक सपना पुरा हुने भएको छ। 

images/PM_humla.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *