पूर्वाधार बिकासमा फड्को मार्दै महाकाली पारिका दोधारा चाँदनी नगरपालिका
Home News फिचर्ड स्टोरी

पूर्वाधार बिकासमा फड्को मार्दै महाकाली पारिका दोधारा चाँदनी नगरपालिका

इन्जिनियर खबर - Feb. 9, 2026 1998334 views
images/dodhara_bri.jpg
images/dodhara_bri.jpg
Text Size

इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला प्रदेश- प्रदेशबाट हामीले यहाँका समृद्धिकाकथाहरु लेख्दैछौ । सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले  विभिन्न स्थानीय तहहरुले पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा गरेको बिकास र तीनको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुको सफलताकोकथा र त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ । पुर्वाधार, सडक, संजाल र संचारको क्षेत्रमा पछिल्लो समय सुदुरपश्चिम प्रदेशको दोधाराचाँदनी नगरपालिकामा पनि तिब्र बिकास भएको देखिन्छ । यो शृंखलामा हामीले महाकाली पारिका दोधाराचाँदनी नगरपालिकाको स्थलगत अध्ययन गरेर विशेष सामाग्री तयार गरेका छौँ। (स्थानीय केही प्रतिनिधि जनता, सुदुरपश्चिमबाट काठमाडौँ आएर अध्ययन गरि रहेका केही विद्यार्थीसँगको अन्तरक्रिया, विभिन्न बिकास साझेदार संस्थाहरुका प्रतिनिधि, अनि हाम्रो टोलीले दुई पटक गरी ६ दिन बसेर यहाँका स्थानीय, सरोकारवाला निकाय अनि विभिन्न व्यवसाय गरि रहेकाहरुसँगको अन्तरक्रिया तथा  पालिकाले उपलब्ध गराएको तथ्यांकको आधारमा योसामाग्री तयार गरिएको हो )

images/dodhara_bri.jpg

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा दोधारा चाँदनी नगरपालिका पर्दछ । यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका २ मात्र साविकका दोधारा र चाँदनी गा.वि.स. समावेश गरि स्थापना भएको हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय अनुसार यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो । मिती २०७३ फाल्गुन २२ को निर्णय अनुसार नगरपालिकाको नाम परिवर्तन गरि माहाकाली नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो । पुनः मिति २०७७ मंसीर १३ को नेपाल सरकारको निर्णय अनुसार यस न.पा.को नाम दोधारा चादनी नगरपालिका नै कायम गरिएको छ । कन्चनपुरको मुकाम महेन्द्रनगरबाट दक्षिणी क्षेत्रमा  पर्ने यो पालिका  महाकाली पारिका महाकाली नदि पारीको टापुको रुपमा रहेको अनौठो विशेषता वोकेको भौगोलिक दृष्टिकोणमा विकटता भएर पनि राजनैतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय र सामाजिक विकासको दृष्टिकोणले विपन्नता नदेखिएको नगरको रुपमा रहेको छ। महेन्द्रनगर बसपार्कबाट करिब पच्चीस मिनेट यात्रा गर्दै नेपालकै सबैभन्दा लामो झोलुंगे पुल पार गरे पछि हामी दोधारा चाँदनी नगरपालिका प्रवेश गर्दछौँ । तीन तिर भारतले घेरेको यो नगरपालिका कुनै समय बिकासमा निक्कै पछाडी थियो तर पछिल्लो दशकमा यसले आफ्नो रंग बदलेको छ । दश वर्षको अन्तरालमा तपाइँ यहाँ जानु भएको छैन भने तपाइँलाई यो त्यही ठाउँ हो जस्तै लाग्दैन । यहाँका धुलो र कच्ची सडक अहिले कालोपत्रे र फराकिलो बनेको छ । अनि यही सडक बाट दोधारा चाँदनी ले बिकासको सपना देखेको छ ।

images/dodhara_bri.jpg

पूर्वाधार बिकासमा दोधारा चाँदनी

यति बेला यहाँ देखिने तिब्र बिकास भनेको नै कालोपत्रे सडक हुन् । हुलाकी राजमार्ग मात्र हैन भित्री सडक पनि कालोपत्रे भएको छ । सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे भएको छ। वडा अध्यक्ष र नगर प्रमुख बिचको शक्ति संघर्षको अभ्यास प्राय: सबै पालिकाका समस्या हुन्, तर यहाँ हामीले फरक अभ्यास पाएका छौँ । दोधारा चाँदनी नगरपालिकाका १० किमि सडक पूर्ण रुपमा कालोपत्रे भएको छ भने करिब २० कि.मि ग्राबेल सडकको व्यवस्था छ। पालिका भित्र ११ वटा स्थानीय सडक पुल/कल्भर्ट निर्माण भएका छन् । सबै वडाका केन्द्रहरुसम्म सडक पुगेको छ । वडा नं ७ मा कृषिथोक बजार निर्माणाधिन अवस्थामा रहेको छ भने आंशिक रुपमा कृषि थोक तथा खुद्रा बजार संचालनमा छ। त्यस्तै वडा नं. १० मा आधुनिक गौशाला निर्माण भएको छ भने दोधारा चाँदनी अस्पतालमा इमरजेन्सी सेवा संचालन भवन, ट्रस सहित बिरामी वेटिङ हल निर्माण सम्पन्न भई सेवा विस्तार भएको छ । यहाँका स्थानीय उत्पादनको प्रवर्दन गर्न वडा नं. ७ मा ६०० मे.ट को कोल्ड स्टोर निर्माण सम्पन्न भएको छ ।  न.पा. को प्रशासनिक भवन निर्माण र आवास निर्माण कार्य सम्पन्न भएको छ।  त्यस्तै  वडा नं ६ मा १५ सैय्याको अस्पताल निर्माण चरणमा रहेको छ ।  पालिका भित्रका गतिविधि लाई चुस्त बनाउन, सुरक्षाको प्रत्याभूति गराउन १५ जना नगर प्रहरी भर्ना गरेको छ ।  साना ठुला गरी नगरपालिकाबाट २० वटा मठ मन्दिर निर्माण भएका छन् । शान्ति, सुरक्षा कायम गर्न गराउन १५ स्थानमा अत्याधुनिक प्रकारको CCTV जडान गरिएको छ त्यस्तै वडा नं. १ फनपार्क निर्माणको कार्य अगाडि बढेको  छ । 

प्रविधिको प्रयोग पालिकाले तिब्र रुपमा गरेको देखिन्छ। अस्पताल, नगरपालिका, सार्वजनिक शौचालयमा सेफ्टी ट्याङ्कीको सट्टा अत्याधुनिक EMSTP जडान गरिएको छ, यसबाट दिसाजन्य लेदोको  व्यवस्थापन भै रहेको र लेदो व्यवस्थापन केन्द्र निर्माणको कार्य अघि बढी सकेको छ । यति बेला नगर कार्यपालिकाको कार्यालय सहित सबै वडा कार्यालयहरुले आफ्नै प्रशासनिक भवनबाट सेवा दिइ रहेका छन्।आधुनिक सामुदायीक भवन, पुस्तकालय र शौचालयको निर्माणको कामहरु भै रहेका छन्।

केही वर्ष अघि सम्म कालोपत्रे सडकमा हिड्न पाउनु सपना जस्तो लाग्नेमा अहिले आफ्नै अगाडी  उज्याला र चिल्ला सडक देख्दा यहाँका स्थानीयहरु अत्यन्त खुशी छन् । संघियताको फाइदा यहीँ पालिकामा देख्न सकिन्छ। कुनै समय जि. वि. स. ले वर्षको पाँच लाख मात्र दिने यो नगरमा अहिले संघ, स्थानीय सरकार र प्रदेशले करोडौँको लगानी गरेको छ। जम्मा १६ करोड मात्र बिकास बजेट भएको पालिकामा यतिका बिकास केन्द्र र संघीय सरकारको समन्वयमा नै भै रहेको छ । यति बेला पालिकाका सबै वडाहरुमा रहेका मुख्य चोक र मुख्य तथा सहायक सडकहरुमा सडक बत्ती जडा भएको छ ।  सो बापत पालिकाले नागरिकसँग कुनै शुल्क नलिई सोको महसुल नगरपालिकाले तिर्ने गरेको छ । बजेट निर्माणको क्रममा नै यहाँ वडाहरुबाट योजना माग गरी प्राथमिकताका आधारमा योजनाहरु संचालन गर्ने गरेको पाइन्छ, साथै पालिकाले घाटा बजेट नबनाउने भएका कारणले सम्झौता भएका योजनाहरुको भुक्तानी समयमा नै हुने गरेको छ । गत भाद्र २३ र २४ मा भएको आन्दोलनले यो पालिका पनि अछुतो रहन सकेन। भाद्र २४ को विध्वंशमा परी नगर र वडामा ठुलो क्षति भएको प्रारम्भिक मुल्यांकन छ ।  

स्वास्थ्यमा दोधारा चाँदनी

स्वास्थ्यका क्षेत्रमा पनि दोधारा चाँदनी नगरपालिकाले प्रगती गरि रहेको छ।  ८ वटा स्वास्थ्य चौकी एउटा आधारभूत स्वास्थ्य चौकी  र १ वटा अस्पताल गरी १० वटा स्वास्थ्य संस्था र १ वटा नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद सेवा)  मार्फत यहाँ स्वास्थ्य सेवा प्रवाह भै रहेको छ। पहिले चिकित्सक र स्वास्थ्यकर्मी बस्न नमान्ने अस्पतालमा अहिले ४ बिशेषज्ञ चिकित्सकहरु सहित १६ मेडिकल अधिकृत, स्वास्थ्यकर्मी, सफाई कर्मचारी गरी १६२ जनाको टिमले स्वास्थ्य सेवा प्रवाह गरि रहेका छन् ।  अस्पतालमा २४ सै घण्टा आपतकालीन, बाहिरंग र अन्तरंग सेवा सञ्चालन छन्। आफ्नै प्रयोगशाला, भिडियो एक्सरे, जनरल अप्रेसन कक्ष, फार्मेसी, निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै नगर अस्पताललाई प्रथम सेवा बिन्दु बनाएर स्वास्थ्य सेवा दिइरहेको छ । यति बेला दोधारा चाँदनी नगरपालिका पूर्ण खोप नगर घोषणा भएको छ। OPD सेवामा दैनिक ५००६०० सेवाग्राही आउने गरेको जसमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाबाट लाभ लिने गरेको तथ्यांक पालिकासँग छ। यहाको नगर अस्पतालमा दुई छिमेकी पालिकाहरु र सीमावर्ती भारतबाट समेत  स्वास्थ्य सेवामा पहुँच रहेको छ । अस्पतालमा मोडुलर ओटी तथा आधुनिक उपकरणको व्यवस्था समेत गरिएको छ। समग्रमा स्वास्थ्यको क्षेत्रमा दोधारा चाँदनीले आशालाग्दो प्रगती गरि रहेको छ।

शिक्षामा दोधारा चाँदनी

यति बेला नगरपालिकाले सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु अभिभावकबाट हुने व्यवस्था गरेको छ।  कुनै पनि राजनैतिक दलका तथा भातृ संगठनको वडा स्तरीय र नगर स्तरीय पदाधिकारी तथा जिल्ला प्रदेश तथा केन्द्रको समितिका पदाधिकारी र सदस्य समेत नरहेको हुनुपर्ने प्रावधान नगरले गरेको छ। "गरिबका छोराछोरी पढ्ने स्कुलमा राजनैतिक दलका नाममा हामीले गलत क्रियाकलाप नगर्ने हो भने विद्यालय सुध्रन बेर नै लाग्दैन, भौतिक पूर्वाधारको बिकास मात्र भएर हुदैँन, हामीले अझै यहाँ चेतना जागृत गर्नु छ र चेतनाको संचार गर्ने उपाय भनेकै विद्यालयलाई सुधारेर मात्र हो, हामीले सुधारका लागी काम गरी रहेका छौं  छौँ।" निक्कै आशावादी स्वरमा नगर प्रमुख लिम्बुले भने, "दोधारा चाँदनीका यहीँ विद्यालयहरुबाट हामीले दक्ष जनशक्ति उत्पादन गर्छौं, समय लाग्ला तर हामीले उत्पादन गर्छौं, विश्वस्त हुनुस्।" सामुदायिक शिक्षाको सुधारमा यो कदम दीर्घकालीन रुपमा फलदायी हुने शिक्षा बिदहरु बताउँछन्। तत्काल नै सामुदायिक विद्यालयको नतिजा हेर्ने हो भने सन्तोष हुने अवस्था पक्कै  छैन, तर नगरका केही निर्णयले केही आशा भने पलाएका छन्।

सामुदायिक विद्यालयमा माध्यमिक तहमा बिषयगत शिक्षकको व्यवस्था गरिएको छ भने निमावि तह संचालित विद्यालयमा  सम्बन्धित बिषयको अध्यापन गराउनका लागि शिक्षक व्यवस्थापन गरिएको छ। यस्तै सम्पूर्ण माविमा तहगत स्थायी प्रअको व्यवस्था गरिएको छ। यसका अतिरिक्त विद्यालयमा पक्की भवन निर्माणको कामहरु भै रहेका छन्। यहाँ २२ सामुदायिक र २० संस्थागत विद्यालयहरु संचालनमा छन्।पालिकाको साक्षरता दर करिब ७९.२४ %  रहेको छ । शिक्षाको क्षेत्रमा तत्काल नै सन्तोष हुन नसकेपनि पालिकाका सुधारले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढी रहेको छ।

सार्वजनिक सेवा प्रवाहमा दोधारा चाँदनी

 नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका २ मात्र साविकका दोधारा र चाँदनी गा.वि.स. समावेश गरि स्थापना भएको हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय अनुसार यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो । मिती २०७३ फाल्गुन २२ को निर्णय अनुसार नगरपालिकाको नाम परिवर्तन गरि माहाकाली नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो । पुनः मिति २०७७ मंसीर १३ को नेपाल सरकारको निर्णय अनुसार यस न.पा.को नाम दोधारा चादनी नगरपालिका नै कायम गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार दोधारा चाँदनी  नगरपालिकाको कूल जनसंख्या ४२,९७४ मध्ये महिला २४०४६ (५५.९५ प्रतिशत) र पुरुष १८९२८ (४४.०५ प्रतिशत) रहेको छ । यस नगरपालिकामा १० वडाहरु रहेका छन्। पालिकाले यो बिचमा जम्मा ४१ वटा ऐन, ८ वटा  नियमावली, ३८ वटा  कार्यविधि, एउटा मापदण्ड र ४ निर्देशिका बनाएको छ। पछिल्लो समय तिब्र बिकास गरी रहेको यो पालिकाले घाटा बजेट नबनाउने भएकाले सम्झौता भएका योजनाहरुको समयमै भुक्तानी हुने गरेको छ। नगरले आफ्नै दमकलबाट तालिम प्राप्त नगर प्रहरी मार्फत सेवा दिदै आएको छ । पालिकाले आर्थिक पारदर्शिता कायम राख्न सुदुरपश्चिम प्रदेशमा नै पहिलो पटक अनलाइन प्रणालीबाट भुक्तानी गर्ने गरेको छ ।

अन्त्यमा,

देशकै हेभीवेट नेताहरुको निर्वाचन क्षेत्र हुनाको फाइदा पक्कै पनि दोधारा चाँदनीले लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन। संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, लिम्बुलाई त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला किशोर लिम्बु नेतृत्वको दोधारा चाँदनी नगरपालिकाले केही आशालाग्दो काम गरि रहेको छ । आज पनि लिम्बु केन्द्र, प्रदेश र दातृ निकायको बजेटका लागी राजनैतिक लबीङ्ग गरि रहेकै छन्, बिकास बजेट कम भएका पालिकाहरुलाई बिकास गर्न चुनौती हुनु स्वाभाविक पनि हो, तर अन्य स्रोतबाट बजेटको व्यस्थापन गर्नु राजनैतिक नेतृत्वको खुबी पनि हो, लिम्बु यही अभ्यास गरि रहेकै छन्। अर्को महत्वपुर्ण अभ्यास भनेको टुक्रे योजनाबाट उपभोक्ता समिति गठन गर्दै दलका कार्यकर्तालाई पोस्ने काम यहाँ देखिदैन, यो अभ्यास अन्य पालिकाका लागी पनि उदाहरणीय बन्न सक्छ। राजनैतिक दलप्रति जनताको बढ्दो बितृष्णा, जेन जी आन्दोलनका बाछिट्टा, जनताको आक्रोश, स्थानीय तह भित्र हुने बिबाद, नदीजन्य पदार्थको उत्खनन, निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने बाध्यता, परिवर्तनका क्रममा आफ्नै दल र फरक दलबाट आउन सक्ने अवरोध जस्ता चुनौतीका बिच लिम्बुको आगामी करिब डेढ वर्षे कार्यकाल आजै आकलन गर्नु केही हतारो हुन सक्छ, तर बिहानीले दिनको संकेत गर्छ भनेझैँ सडक, संजाल र पूर्वाधारको बिकासमा दोधारा चाँदनीले राम्रै फड्को मारी रहेकै छ।

images/dodhara_bri.jpg

 

images/dodhara_bri.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *