काठमाडौं — नेपाली काङ्ग्रेस निकट इन्जिनियरहरूको छाता संगठन सिडेनको आठौं कार्यकारी समितिको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार सूचीमा महिला सहभागिता न्यून देखिएको छ।
दुई प्रतिस्पर्धी प्यानलमध्ये ई. रवि भुषण झाको नेतृत्वमा रहेको प्यानलमा कार्यकारी पदहरूमा एकजना पनि महिला उम्मेदवार छैनन् भने अर्कोतर्फ, ई. धनेन्द्र केसीको प्यानलमा कार्यकारी पद कोषाध्यक्षमा ई. रस्मिता बन्जारा महिला उम्मेदवारको रूपमा छिन्।
दुवै टिममा समान रूपमा केवल ३/३ जना महिला उम्मेदवार सदस्यको रूपमा मात्र रहेका छन्।
सिडेन जस्तो राष्ट्रव्यापी संगठनमा नेतृत्व तहमा महिलाको अत्यन्त न्यून सहभागिताले "महिलाले नेतृत्वको अवसर पाएनन् कि, कि उनीहरूलाई अवसर लिन प्रोत्साहन गरिएन?" भन्ने प्रश्न उब्जिएको छ।
इन्जिनियरिङ क्षेत्रमा महिलाको प्रभावशाली उपस्थिति हुँदै गएको अवस्थामा, उनीहरूको नेतृत्व क्षमता र दृष्टिकोणलाई सँगै लिएर अघि बढ्नु आजको प्रमुख आवश्यकता हो। महिलाले नेतृत्वमा आएर प्रविधिमा आधारित नीति निर्माण, महिला इन्जिनियरहरूको हकहितका सवाल, र संगठनको सामाजिक उत्तरदायित्वमा फरक दृष्टिकोण दिन सक्थे।
Your email address will not be published. Required fields are marked *