सिडेनमा संस्थापन पक्षको जित, रविभूषण अध्यक्ष निर्वाचित
Home News मुख्य समाचार

सिडेनमा संस्थापन पक्षको जित, रविभूषण अध्यक्ष निर्वाचित

इन्जिनियर खबर - Aug. 31, 2025 29896 views
images/Engineer_Khabar__28.png
images/Engineer_Khabar__28.png
Text Size

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् ।

images/Engineer_Khabar__28.png

संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार धनेन्द्र केसीलाई पराजित गरेका हुन् ।

images/Engineer_Khabar__28.png

पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार बनेका झाले २२५१ मत पाउँदा संस्थापनइतरबाट अध्यक्षका प्रत्यासी केसीले १४४६ मत पाए ।

नवनिर्वाचित कार्यसमितिमा संस्थापन पक्षको प्यानलनै निर्वाचित भएको छ । उपाध्यक्षमा निर्वाचित मदन पुरी, महासचिवका लागि प्रतिस्पर्धी रहेका तीन मध्ये झाको प्यानलबाट उम्मेदवार बनेका सुुदर्शन शर्मा निर्वाचित भए ।  उपमहासचिवमा खगेन्द्र अवस्थी निर्वाचित भए भने कोषाध्यक्षमा सुजीत कोइरालाले जीते।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

images/Engineer_Khabar__28.png

 

images/Engineer_Khabar__28.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *