पृथ्वीमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै धेरै वृद्धि
Home News मुख्य समाचार

पृथ्वीमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै धेरै वृद्धि

images/Unknown_GJZ6TyP.jpeg
images/Unknown_GJZ6TyP.jpeg
Text Size

सन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि भएको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ ।डब्ल्यूएमओले बुधबार सार्वजनिक गरेको नयाँ विश्लेषणमा चेतावनी दिँदै भनेको छ- यो प्रवृत्तिले पृथ्वीको तापक्रम अझ बढ्ने दिशामा लैजाँदैछ । आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०) अघि प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार मानव गतिविधिबाट हुने कार्बन उत्सर्जन, आगजनीका घटनाहरू लगायतका कारण १९६० को दशकको तुलनामा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर अहिले तीन गुणा बढी भइसकेको छ ।

images/Unknown_GJZ6TyP.jpeg

१९६० को दशकमा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर प्रतिवर्ष औसत ०.८ पार्ट्स पर मिलियन (पीपीएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पीपीएम पुगेको थियो । तर सन् २०२३ र २०२४ को बीचमा यो दर फेरि बढ्दै ३.५ पीपीएम पुगेको छ । यो सन् १९५७ देखि निगरानी थालिएयता अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो । सन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको औसत सघनता ४२३.९ पीपीएम मापन गरिएको छ । सन् २००४ मा डब्ल्यूएमओले पहिलोपटक हरितगृह ग्यास बुलेटिन प्रकाशित गरेको थियो, त्यतिबेला यो ३७७.१ पीपीएम मात्र थियो । जमिन र समुद्री पारिस्थितिकी तन्त्रहरूले कार्बन डाइअक्साइड सोस्ने क्षमतामा कमी आएको छ, जसका कारण यो एक खतरनाक जलवायु चक्रमा रूपान्तरित हुँदै गएको वैज्ञानिकहरु बताउँछन् ।

images/Unknown_GJZ6TyP.jpeg

संयुक्त राष्ट्रसंघ मौसम विज्ञान निकायकी उपमहासचिव को बेरेटका अनुसार, कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासका कारण तापक्रम तीव्र गतिमा बढ्दै गएको छ । यसले जलवायु परिवर्तनलाई अझ गम्भीर बनाइरहेको छ र चरम मौसमका घटनाहरू बढाइरहेको छ । उनी चेतावनी दिँदै भन्छिन्, ‘हामीले कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकेनौँ भने यो हाम्रो जलवायु मात्र होइन, आर्थिक सुरक्षामा र सामुदायिक कल्याणमा पनि गम्भीर असर पार्नेछ ।’

मिथेन र नाइट्रस अक्साइडको मात्रा पनि नयाँ रेकर्डमा

संयुक्त राष्ट्रसंघको निकाय डब्ल्यूएमओको हरितगृह ग्यास बुलेटिनमा उल्लेख भएअनुसार मिथेन र नाइट्रस अक्साइडको मात्रा पनि नयाँ रेकर्डमा पुगेको छ । हरितगृह ग्यासका हिसाबले यी क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । मिथेनको सघनता १ हजार ९४२ पार्ट्स पर बिलियन (पीपीबी) पुगेको छ, जुन औद्योगिक युगपूर्वको तुलनामा १६६ प्रतिशत बढी हो । यसैगरी नाइट्रस अक्साइड ३३८ पीपीबीमा पुगेको छ, जसमा २५ प्रतिशतले वृद्धि भएको छ ।

images/Unknown_GJZ6TyP.jpeg

डब्ल्यूएमओका विज्ञहरूले अनुमान गरेअनुसार जंगलमा आगलागीका घटना र पारिस्थितिकी तन्त्रहरूको कार्बन सोस्ने क्षमतामा आएको कमीका कारण कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासको मात्रा तीव्र रूपमा बढेको हो ।डब्ल्यूएमओका अनुसार, वायुमण्डलमा उत्सर्जित कुल कार्बन डाइअक्साइडको करिब आधा भाग त्यहीँ रहन्छ । बाँकी भाग भूमि र समुद्री पारिस्थितिकी तन्त्रले सोस्छन् । तर हालका वर्षहरूमा बढ्दो सुख्खा, जंगलमा आगलागी र समुद्रको कार्बन सोस्ने क्षमता घट्दै जाँदा यो प्राकृतिक अवशोषण प्रणाली कमजोर बन्दै गएको छ । त्यसैले हरेक वर्ष पृथ्वी तात्दै गएको छ । संयुक्त राष्ट्र संघले सन् २०२३ लाई सबैभन्दा तातो वर्षका रूपमा दर्ता गरिएको थियो ।

images/Unknown_GJZ6TyP.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *