मध्य पुषसम्म निर्माणाधीन संसद् भवनको काम सक्न निर्देशन
Home News मुख्य समाचार

मध्य पुषसम्म निर्माणाधीन संसद् भवनको काम सक्न निर्देशन

इन्जिनियर खबर - Oct. 26, 2025 3657 views
images/kulman-ghising-at-parliament-building-1.jpg
images/kulman-ghising-at-parliament-building-1.jpg
Text Size

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तिम पटक थप गरिएको म्यादभित्र संघीय संसद् भवनको काम सम्पन्न नभए हर्जाना तिराउने बताएका छन् । शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले थपिएको समय सीमाभित्र काम सम्पन्न नभए निर्माण कम्पनीलाई नियमानुसार हर्जाना तिराउन बाध्य हुने चेतावनी दिएका हुन् । 

images/kulman-ghising-at-parliament-building-1.jpg

संघीय संसद्को निर्माणाधीन भवनको पाँचौ पटक थप गरिएको म्याद आगामी पुष १६ गते सकिँदैछ । तीन वर्षमा निर्माण सक्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग भवन सम्झौता भएको थियो ।तर तोकिएको समयमा नै निर्माण हुन नसकेपछि पछिल्लो समय पाँचौ पटकका लागि आउँदो पुष १६ गते सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । मन्त्री घिसिङले दैनिक कार्यकतालिका बनाएर संसद् भवनको कामलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।

images/kulman-ghising-at-parliament-building-1.jpg

राष्ट्रियसभाका साथै आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले नयाँ संसद् भवनको निर्माणको काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने उनले बताए ।उनले अहिलेको अवस्थामा पुष १६ गते भित्र संसद् भवन निर्माण सम्पन्न हुने नदेखिएकाले दुई सिफ्टमा काम गरेर भएपनि काम सक्न सुझाव दिए ।संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।

images/kulman-ghising-at-parliament-building-1.jpg

संघीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको थियो । तर जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद् भवन ध्वस्त भएपछि सरकारले नयाँ संसद् भवन निर्माणलाई तीव्रता दिएको छ ।

images/kulman-ghising-at-parliament-building-1.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *