ई. शैलेन्द्र भुसाल नेतृत्वको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको संरचनात्मक सुधार: फ्लो मिटर जडान देखि बे थप सम्म
Home News फिचर्ड स्टोरी

ई. शैलेन्द्र भुसाल नेतृत्वको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको संरचनात्मक सुधार: फ्लो मिटर जडान देखि बे थप सम्म

इन्जिनियर खबर - Nov. 1, 2025 877692 views
images/IMG-20251101-WA0016.jpg
images/IMG-20251101-WA0016.jpg
Text Size

इन्जिनियर खबरको सातौं वार्षिकोत्सबको अवसरमा यति बेला लुम्बिनी प्रदेशबाट हामीले यहाँका समृद्धिका कथाहरु लेख्दैछौ। पुर्वाधार, सडक संचारले पछिल्लो दशकमा लुम्बिनी प्रदेशले तिब्र बिकास गरेको देखिन्छ अन्तर्राष्ट्रिय बिमानस्थल, बन्दै गरेको प्रादेशिक अस्पताल, भैरहवा रंगशाला लगाएतका संरचनाको बिकासले यो क्षेत्रको बिकास देखाउँछ भौतिक संरचनाको बिकासमा इन्जिनियरहरुको भूमिका अत्यन्त महत्वपुर्ण हुन्छ। सातौ वार्षिकोत्सब विशेष श्रृङखला अन्तर्गत हामीले लुम्बिनी प्रदेशमा विभिन्न निकायको नेतृत्व गरि रहेका केही अब्बल इन्जिनियरहरुको सफलता त्यसले तत् तत् निकायलाई दिएको उपलब्धिको कथा प्रस्तुत गर्दैछौँ। यो शृङ्खलामा हामीले . शैलेन्द्र भुसालले नेतृत्व गरिरहनु भएको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारीको स्थलगत भ्रमण सहितको विशेष रिपोर्टिङ गरेका छौँ

images/IMG-20251101-WA0016.jpg

२०३६ साल देखि संचालनमा आएको यो डिपोको नेतृत्व यति बेला . शैलेन्द्र भुसालले गरी रहेका छन्। १२ वर्ष अघि पुल्चोक क्याम्पसबाट मेकानिकल इञ्जिनियरिङ विषयमा स्नातक सम्मको अध्ययन पुरा गरेर सातौँ तहमा निगम प्रवेश गरेका . भुसालले पुल्चोक क्याम्पसबाट नविकरणीय उर्जा (Renewable Energy) मा स्नातोकत्तर सम्मको अध्ययन पुरा गरेका छन् निगमको केन्द्रिय कार्यलयमा कार्यरत रहँदा निगम संचालक समितिको निर्णय अनुसार २०८१ श्रावण ०५ देखि प्रमुखको जिम्मेवारी सम्हाल्ने गरी भलवारी स्थित लुम्बिनी प्रादेशिक कार्यालयमा उनको नियुक्ति भएको थियो। . शैलेन्द्र भुसालले यहाँको नेतृत्व सम्हालेसँगै उनको प्रमुख लक्ष्य नै डिपोको पारदर्शिता कायम राख्दै जनमानसमा समेत विश्वसनियता कायम राख्नु थियो। थानकोट स्थित बागमती प्रदेशको प्रादेशिक कार्यालयमा रहँदा समेत फ्लो मिटर जडान गरेर निगम भित्र पहिलो पटक फ्लो मिटर जडान गर्न सफल भएका उनलाई लुम्बिनीमा समेत पारदर्शिता कायम राख्नुका साथै भएका संरचनाहरुमा ब्यापक सुधार गर्नै पर्ने चुनौती थियो। भलवारीमा तीन वर्ष प्रादेशिक कार्यलयको उप प्रमुखको जिम्मेवारी सम्हाली सकेका उनले यहाँका बस्तु स्थित्ति बारे नजिकबाट बुझेका थिए, त्यसैले उनले नेतृत्व लिएसंगै संरचनागत सुधारका साथै पारदर्शिता अग्नी सुरक्षाको लागी निकै मिहिनेत गरेर काम गरे। एकातिर कार्यप्रणालीमा सुधार ल्याउन व्यापक सुधार गर्नु पर्ने अवस्था अर्कातिर भलवारी डिपोले यहाँका माग धान्न नसकी रहेकाले डिपो नै सार्ने निगमको निर्णयले थप लगानी गर्न नहुने केही पदाधिकारीहरुको धारणाका बीचपनि डिपो सुधार गर्नै पर्ने अवस्थामा थिए . शैलेन्द्र भुसाल। अन्तत: उनले नेतृत्व सम्हालेको एक वर्ष पुग्दाभुसालले देखिने गरी नै संरचनात्मक सुधार ल्याए।

images/IMG-20251101-WA0016.jpg

पारदर्शिता कायम राख्न फ्लो मिटर जडान, केन्द्रबाटै गर्न सकिने निगरानी

नेपाल आयल निगम भित्रका कर्मचारीहरुले सबै भन्दा बढी सुन्ने गरेको आरोप हो "कर्मचारीहरुकै मिलेमतोमा इन्धन चोरी हुने गर्दछ यसबाट आउने रकम निगमको उपल्लो तह सम्मका पदाधिकारीहरु सम्मलाई बाडफाड गरिने हुँदा अटोमेशनमा जान निगम कहिलै तयार हुँदैन।" यो मानसिकतालाई चिर्न निगमले २०७७ सालमा बागमती प्रादेशिक कार्यालय, थानकोटमा वटा फ्लो मिटर जडान गरेको थियो। संयोग थानकोटमा फ्लो मिटर जडानको कार्य हुँदा . शैलेन्द्र भुसाल थानकोटमा नै कार्यरत थिए यसमा उनले नजिकबाट काम गरेका थिए। त्यसैले भलवारीमा पनि फ्लो मिटर जडान गर्दै पारदर्शिता कायम राख्न जनमानसमा विश्वसनियताको प्रवाह गर्नु उनको मुख्य लक्ष्य थियो। उनलाई यो कामका लागी निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पनि साथ दिए, फलस्वरुप लामो मिहिनेत पछि अहिले भलवारी डिपोमा दुइ वटा फ्लो मिटर जडान भएको छ। गत बुधबार इन्जिनियर खबरको टिम भलवारी स्थित डिपोमा पुग्दा उनी आफ्नै कार्यकक्षमा रहेको सिसिटिभी प्यानलबाट लोडिङ फ्लोमिटरको निगरानी गरि रहेका थिए । “लोडिङमा फ्लोमिटर जडान भएकाले लोडिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित बन्नुका साथै पारदर्शिता कायम भएको छ, सुरुमा सेट गरिएको मात्रा पूरा भएपछि अटो कट प्रणाली मार्फत आपूर्ति रोकिन्छ, जसले गर्दा तेलको लस केवल ०.०५% (तीन हजार लिटरमा करिब १.५ लिटर) मात्र भएको छ। अर्का तर्फ म्यानुअल हुँदा इन्धनको भेपर मुखमा आउने गर्दथ्यो, त्यसले गर्दा कर्मचारीहरुको स्वास्थ्यमा असर गर्नुका साथै भेपर लसका कारण इन्धनको नोक्सानी हुने गर्थ्यो, तर अहिले यी दुवै समस्याको हल भएको छ।" यसले गर्दा तेल भर्न घण्टौं लाइन बस्नुपर्ने ट्याङ्करका लागि पनि सहज भएको र फ्लो मिटर नजिकै जडान गरिएको सिसिटिभीले त्यसको प्रतक्ष्य निगरानी राख्ने हुनाले पारदर्शिता कायम भएको छ। त्यहाँ जडान गरिएको सीसीटिभीको एक्सेस दिएपछि केन्द्रीय कार्यालयबाट समेत यसको निगरानी राख्न सकिनेछ। पारदर्शिता कायम राख्न फ्लो मिटर जडान अत्यन्त महत्वपूर्ण भएको प्रमुख ई. भुसालले बताउनु भयो।

संरचनात्मक सुधार:  बे थप्ने देखि अग्नी सुरक्षामा ध्यान

भुसालले नेतृत्व सम्हालेसङै उनले निगमको संरचनागत सुधारमा निक्कै ध्यान दिएको देखिन्छ। इन्जिनियर खबरको टिमले भलवारी स्थित डिपोको स्थलगत भ्रमण गर्दा अधिकांश कर्मचारीहरु लोडिंग अनलोडिंगको काम गरिरहेका थिए। भुसालको नेतृत्वमा लोडिङ अनलोडिङ बे को संख्या समेत थप गरिएको छ। पहिले वटा मात्र रहेको वे अहिले वटा थप गरेर १० वटा पुराइएको छ। यसले गर्दा लोडिङ अनलोडिङको काम अत्यन्त सहज हुनुका साथै माग अनुसारको आपुर्ती गर्न पनि सहज भएको डिपो प्रमुख . भुसालले बताउनु भयो "केहीसमय अघि सम्म  लोडिंग अनलोडिंगको  समस्या कारण राती १२ बजे सम्म गर्नु पर्ने काम अहिले बेलुका /बजे नै सकिने गरेको , यसले गर्दा ताप्रक्रम घट्दा तेलमा हुने नोक्सान समेत जोगिएको भने अर्को तर्फ माग अनुसारको आपुर्ती गर्न नसकिने अवस्था रहेकोमा अहिले बे थपिए पछि सहज रुपमा आपुर्ती भइ रहेको छ।अग्नी सुरक्षाका लागी पनि उनले सुधार गरेको देखिन्छ। तारहरुको अर्थिङ, डिपोमा फायर सेफ्टी जडान, इलेक्ट्रीकल प्यानलहरुको पुनः डिजाइनजस्ता सुधारहरु गरिएका छन् भने  पानी भण्डारणका लागी अत्याधुनिक ट्यांक जडान गरिएको छ। यसका अतिरिक्त पाइपलाइनहरुमा सुधार गरिनुका साथै संगठनात्मक सुधारका कामहरु समेत गरेका छन्। अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नका लागि पनि भुसाल नेतृत्वको टिमले काम गरेको छ।  पहिले २०/३० वटा मात्र ट्यांकर पार्किङ गर्न सकिनेमा अहिले करिब ५० वटा जति ट्रक पार्किङ गर्न सकिने गरी क्षेत्र बिस्तार गरिएको छ। यसका अतिरिक्त अन्तराष्ट्रिय मान्यता अनुसार डिपोको सुरक्षाका लागि वरिपरी १० फिटको पर्खाल फिटको तारबार लगाइएको छ।जनमानसमा विश्वसनियता कायम गर्न, निगमभित्र पारदर्शिता कायम गर्न, डिपो वरपर रहेका स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति गराउन हामी निरन्तर लाग्दैछौँ त्यसमा मलाई निगम सन्चालक समिति, कार्यकारी निर्देशक ज्यु, निगमका पदाधिकारीहरु लगाएत यो डिपोमा कार्यरत सबै कर्मचारी साथीहरुले सहयोग गरिरहनु भएको " .भुसालले भन्नुभयो “इन्जिनियर हुनाको कारणले मेरो मुख्य लक्ष्य केवल संरचना बनाउनु मात्र होइन, प्रणालीमा सुधार ल्याएर दीर्घकालीन प्रभाव पार्नु पनि हो। प्रविधिको उच्चतम प्रयोग गर्दै पारदर्शिता कायम गर्दै संस्थागत सुधार गर्नु मेरो प्रमुख प्राथमिकता हो ।"

कस्तो भलवारी स्थित डिपोको भण्डारण क्षमता?

images/IMG-20251101-WA0016.jpg

वि.सं. २०३६ सालमा विघा १४ कठ्ठा जमिनमा स्थापना गरिएको यो डिपोले देशको पश्चिमी क्षेत्रको पेट्रोलियम आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। संघियता कार्यन्वयन सँगै वि.सं २०७२ साल देखी भलवारी डिपो लुम्बिनी प्रदेशको प्रादेशिक कार्यलयको रुपमा संचालन हुदैं आएको छ। भलवारी डिपोले रुपन्देही, नवलपरासी (बर्दघाटसुस्ता पश्चिम), कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा लगायतका जिल्लामा पेट्रोल, डिजेल मट्टीतेलको आपूर्ति गरिरहेको छ। यो डिपोमा सय १९ किलोलिटर पेट्रोल, हजार ४० किलोलिटर डिजेल सय ४० किलोलिटर मट्टीतेल भण्डारणको क्षमता दैनिक रुपमा यस डिपोबाट करिब २०० किलोलिटर पेट्रोल, ७०० किलोलिटर डिजेल १० किलोलिटर मट्टीतेलको बिक्रि हुदैं आएको छ। भण्डारण क्षमताका आधारमा हेर्दा यो डिपोले पेट्रोलको दुइ दिनको, डिजेलको दिनको मट्टीतेलको करिब१४ दिनको माग पुर्ती गर्ने देखिन्छ। यसका अतिरिक्त अग्नी सुरक्षाका लागी ९३८ किलोलिटर क्षमताको पानीट्यांकी हजार लिटरको फोम स्टोर ट्यांकी समेत निर्माण गरिएको छ। बढ्दो माग, कम भण्डारण क्षमता भएकाले डिपो सार्नु पर्ने अवस्था आएको प्रादेशिक कार्यालय प्रमुख . शैलेन्द्र भुसालले  बताउनु भयो। यसका अतिरिक्त २०७२ सालदेखि नै डिपो स्थानान्तरणका लागि स्थानीय बासिन्दा विभिन्न संघसंस्थाबाट दबाब आएको, डिपो आसपासको क्षेत्रको शहरीकरण जनघनत्व बढ्दै गएको स्थानान्तरणका लागि संघर्ष समितिसमेत बनेपछि नयाँ स्थानमा डिपो निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेर निगमले डिपो सार्ने निर्णय गरेको थियो। निगमले यो डिपोलाई रोहीणी खोलाको किनारामा सार्न आवश्यक काम अघि बढाइसकेको छ। अहिले उक्त परियोजनाको कार्यालयको निर्माण गरिनुका साथै, रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै जमिन सम्माउने काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको परियोजनाले जनाएको छ।  

images/IMG-20251101-WA0016.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *