ललितपुर । नेपाल इन्जिनियर्स एसोसिएसनले आफ्नो ५६औं वार्षिक साधारण सभा आगामी २०८२ पुष १२ गते (शनिबार) दिनको १ बजे ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।
एसोसिएसनले एक सूचना जारी गर्दै साधारण सभामा संस्थाका सम्पूर्ण सदस्यहरूलाई उपस्थित रहन अनुरोध गरेको छ। संस्थाको नीतिगत सुधार, आगामी योजनाहरू र वार्षिक गतिविधिका विषयमा छलफल गर्न सभा आयोजना गरिएको हो।
सभामा मौजूदा विधान तथा निर्वाचन कार्यविधि २०७५ (पहिलो संशोधन २०८०) मा थप संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। त्यस्तै, संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत, आम्दानी–खर्च विवरण, तथा लेखा परीक्षकको नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि सभाको कार्यसूचीमा रहेका छन्।
एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने साधारण सभालाई संस्थाको नीतिगत दिशानिर्देश तय गर्ने अवसरका रूपमा लिने गरेको छ। यस वर्षको सभा पनि इन्जिनियरिङ समुदायबीचको एकता र पेशागत सुदृढीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसनले हालै विभिन्न प्राविधिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संस्था देशभरका इन्जिनियरहरूलाई एउटै छातामुनि ल्याई पेशागत हित, अनुसन्धान र विकासका गतिविधि विस्तारमा अग्रसर रहेको छ।
Your email address will not be published. Required fields are marked *