CARD द्वारा विपद उद्दार तथा राहत सामाग्री हस्तान्तरण
Home News मुख्य समाचार

CARD द्वारा विपद उद्दार तथा राहत सामाग्री हस्तान्तरण

इन्जिनियर खबर - Dec. 5, 2025 1092 views
images/DSC09913.JPG
images/DSC09913.JPG
Text Size

त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको व्यवहारिक अनुसन्धान तथा बिकास केन्द्रको आयोजना तथा विश्व मौसमविज्ञान संगठन, जल तथा मौसम विज्ञान बिभागको सहकार्यमा संचालन भैरहेको CREWS EW4ALL Project को समुदायमा आधारित विभिन्न क्रियाकलापहरुको समापन भएको छ। गत बैशाख देखि सुरु भएको प्रोजेक्ट अन्तर्गत समुदायका लागी आयोजित विभिन्न क्रियाकलाप अन्तर्गत मंग्सिर १८ गते ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित कान्तिपुर टोलमा उक्त कार्यक्रमको आयोजना भएको थियो। 

images/DSC09913.JPG

गत बैशाख देखि सुरु भएको प्रोजेक्ट अन्तर्गत ललितपुर महानगरपालिका, वडा नम्बर १३ र १४ को कार्यालयको सहकार्यमा आयोजनाभै रहेको समुदायमा आधारित विभिन्न क्रियाकलापहरुको हिजो १८ गते ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित कान्तिपुर टोलमा एकऔपचारिक कार्यक्रमको आयोजना गरी समापन भएको  हो । बिपद बाट बच्न गर्न पर्ने पुर्व तयारीका सन्दर्भमा सन् २०२२ मा संयुक्त राष्ट्रसंघका महासचिवद्वारा सुरु गरिएको "सबैका लागी पुर्व सुचना (Early Warning For All) पहल अन्तर्गत नेपालमा पनि व्यवहारिक अनुसन्धान तथा बिकास केन्द्रले विपद बाट बच्न गर्नु पर्ने पुर्वतयारीका सन्दर्भमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइ रहेको थियो। यस परियोजनाको दोस्रो क्रियाकलाप (Activity 2) अन्तर्गत रहेर समुदायलाई बिपदका जोखिम ज्ञान, पूर्वानुमान र तयारी तथा प्रतिक्रयाका आवश्यक कामहरु गर्न परियोजनाले विभिन्न क्रियाकलाप गरि रहेको थियो।

images/DSC09913.JPG

बिपद उद्दार सामाग्री हस्तान्तरण र साइरेन जडान

समुदायमा आधारित क्रियाकलापहरुको समापन कार्यक्रमको अवसर पारेर व्यवहारिक अनुसन्धान तथा बिकास केन्द्रले ललितपुर महानगरपालिका वडा नम्बर १३ र १४ को कार्यालयलाई बिपद उद्दार सामाग्री हस्तान्तरण गरेको छ। प्रत्यक वडालाई एउटा माइक, २ वटा फ्ल्यासलाइट, १० वटा सिट्ठी, ४ लिटर इनामेल पेन्ट, १०० मिटरको उद्दार डोरी, प्राथमिक उपचार बक्स, ५ वटा वाटर प्रुफ ब्याग, ५ वटा रेनकोट, ५ वटा बुट र १० वटा लाइफ ज्याकेट उपलब्ध गराएको प्रोजेक्टका टिम लिडर प्रा डा विष्णु प्रसाद पाण्डेले बताउनु भयो। यसका अतिरिक्त प्रत्यक वडामा एक एक वटाका दरले साइरेन समेत जडान गरिएको छ। मुख्यतया खोलाको सतह बढ्दै गरेको देखे पछी त्यसको जानकारी गराउनका लागी प्रयोग गर्ने उद्देश्यले जडान गरिए पनि उक्त साइरेन कुनै पनि आपतकालीन अवस्थामा प्रयोग गर्न सकिनेछ। यसमा जडान गरिएको सिस्टमले एकै पटक २०० वटा मोबाइलमा एसएमएस तथा साउण्ड मार्फत विपद तथा आपतकालीन अवस्थाको जानकारी गराउछ।

स्थानीय लाभान्वित

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १४ स्थित कान्तिपुर कोलोनीका टोल समिति अध्यक्ष जितेन्द्र भण्डारीले परियोजनाबाट आफुहरुलाभान्वित भएको बताउनु भयो। विपदका बारेमा ज्ञान समुदायमा बढ्नुका साथै उद्दारका सामाग्रीले भविष्यमा हुन सक्ने सम्भावित विपदमा समेतउद्दार गर्न सक्ने बताउनु भयो "गत वर्ष डोरी मात्र उपलब्ध भएको भए पनि केहीको ज्यान जोगाउन सकिन्थ्यो अहिले प्राप्त भएको यी उद्दारकोसामाग्रीको सही सदुपयोग गर्दछौँ।"

त्यस्तै, वडा नम्बर १३ का स्थानीय भावना बस्नेतले सिमुलेसन ड्रिल क्रियाकलापले प्राकृतिक विपद्‌को अवस्थामा समुदाय, स्थानीय निकाय, सुरक्षाकर्मी, उद्धार टोली र सरोकारवाला निकायहरूबीचको समन्वयको अभ्यास भएको बताउनु भयो। त्यस्तै वास्तविक विपद् आउँदा प्रभावकारीरूपमा सुचना प्रवाह गर्न, जनसुरक्षाका उपायहरु अपनाउन, उद्धार तथा राहत कार्य सञ्चालन गर्न, सम्पर्क सञ्जाल बिस्तार गर्न, पूर्वसूचनाप्रणालीको प्रयोग गर्न, सुरक्षित स्थलमा स्थानान्तरण हुन आफुहरुलाई व्यवहारिक अनुभव प्राप्त भएको बताउनु भयो।  स्थानीयहरुलेविश्वविद्यालयको अनुसन्धानहरु व्यवहारिक प्रयोगका लागी हुनुपर्नेमा जोड दिदै आगामी दिनहरुमा स्थानीय जनसमुदाय लाभान्वित हुने यस्तैप्रकारको परियोजनाहरु संचालन गर्न जोड दिनु भयो । त्यस्तै वडा नम्बर १३ स्थित स्मृतिनगर टोल बिकास संस्थाका अध्यक्ष टोलराज उपाध्यायले यी परियोजनाहरुले स्थानीयका आवश्यकताहरुलाई पुरा गर्नु पर्ने र जडान भएका साइरेनहरु, प्राप्त भएका उद्दार सामाग्रीहरुको दिर्घकालीन प्रयोगको सुनिश्चता हुनु पर्ने बताउनु भयो।

images/DSC09913.JPG

कार्यक्रमलाई सम्बोधन गर्दै विश्व मौसम संगठनका प्रतिनिधि रमेश त्रिपाठीले स्थानीयको स्व स्फुर्त उपस्थितिले परियोजनाको सफलता मापन हुने र यसका बहु आयामहरुमा काम हुने बताउनु भयो साथै उहाँले परियोजनाबाट सिकेका ज्ञानहरुलाई व्यवहारिक प्रयोगमा ल्याउन स्थानीयलाई अनुरोध गर्नु भयो। विभिन्न सरोकारवाला निकायहरुले संचालन गरेका परियोजनाहरुबाट सिकेका कुराहरु अरुलाई सिकाउन पर्ने बताउनु भयो।  परियोजनाको सफल आयोजनाको लागी उहाँले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो।  त्यस्तै प्रोजेक्टका टिम लिडर प्रा डा विष्णु प्रसाद पाण्डेले परियोजना सफल बनाउन सहयोग गर्ने स्थानीय, महानगरपालिका, वडा कार्यालयहरु, टोल समिति सबैलाई धन्यवाद दिदै यसबाट सिकेका कुराहरुको व्यवहारिक प्रयोगको पक्षलाई जोड दिनु भयो।   ललितपुर महानगरपालिका वडा नम्बर १३ का वडा सदस्य रबि बोगटीले प्राप्त उद्दार सामाग्रीको सही प्रयोग गर्ने बताउदै आगामी दिनहरुमा समेत आवश्यक सहकार्य गर्दै लैजाने बताउनु भयो। वडा नम्बर १४ का अध्यक्ष अमृत जंग महतले पनि उद्दार सामाग्रीको सही प्रयोग गर्नुका साथै वडाले बाढी जन्य बिपदका सन्दर्भमा थप काम गर्ने र त्यसमा स्थानीय, विश्वविद्यालय सबैलाई समान रुपमा सहभागी गराउने बताउनु भयो।  वडा नम्बर १४ का अध्यक्ष अमृत जंग महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विपद बिज्ञ डा. बसन्त राज अधिकारीले गर्नु भएको थियो।  कार्यक्रममा ८० भन्दा बढी सहभागी थिए।

images/DSC09913.JPG




Leave a Comment

Your email address will not be published. Required fields are marked *