एमाले महाधिवेशन: पुर्वाधार विज्ञ ई. डा. भेषराज थापाको उम्मेदवारी घोषणा
Home News मुख्य समाचार

एमाले महाधिवेशन: पुर्वाधार विज्ञ ई. डा. भेषराज थापाको उम्मेदवारी घोषणा

इन्जिनियर खबर - Dec. 8, 2025 3822 views
images/WhatsApp_Image_2025-12-07_at_21.33.29.jpeg
images/WhatsApp_Image_2025-12-07_at_21.33.29.jpeg
Text Size

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । स्वच्छ, पेशागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको भन्दै उनले उमेदवारी घोषणा गरेका हुन्।

images/WhatsApp_Image_2025-12-07_at_21.33.29.jpeg

जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका ख्याति प्राप्त विज्ञ डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । उनी सिंचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । बहुपक्षीय संस्था, दातृ निकाय र सरकारी परियोजनासँगको सहकार्यमा उनीसँग थुप्रै उदाहरणीय काम सम्पन्न गरेको अनुभव छ । डा. थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन् । उनले टेक्निकल स्टुडेन्ट्स एशोसिएसन नेपाल (सान) तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा नेतृत्व तहमा रहेर समेत काम गरिसकेका छन् । हाल पीनका अध्यक्षका रूपमा उनी इन्जिनियर तथा पेशागत जनशक्तिलाई नीति निर्माण, सुशासन र विकास प्रक्रियामा सहभागी गराउन क्रियाशील छन् ।

images/WhatsApp_Image_2025-12-07_at_21.33.29.jpeg

आउँदै गरेको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै डा. थापाले देशलाई ईमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको आवश्यकता थप बढेको बताए । 'राजनीतिमा अब इमानदारी, पारदर्शिता र विकास–प्रेरित सोचको टड्कारो खाँचो छ । इन्जिनियर, चिकित्सक, अर्थशास्त्री लगायत प्राविधिक क्षेत्रका युवाहरू पनि अब अगाडि बढेर सुशासन, दिगो विकास र समृद्ध राष्ट्र निर्माणमा नेतृत्व लिनुपर्ने समय आएको छ,' उनले भने । पूर्वाधार अर्थशास्त्रीका रूपमा समेत परिचित डा. थापाले प्रमाणमा आधारित नीति निर्माण, संविधानले उल्लेख गरेको समतामूलक सामाजिक–आर्थिक विकास, मुलुकभित्रै रोजगारी सिर्जना तथा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय लक्ष्यलाई साकार पर्ने आफ्नो प्राथमिकता रहेको बताए । उनले यस मार्गचित्रबाट देशको दीर्घकालीन विकासमा योगदान दिने समेत प्रतिबद्धता जनाएका छन् ।

२०७७ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बाट 'युवा वैज्ञानिक पुरस्कार'ले सम्मानित डा. थापा पेशागत क्षेत्रमा प्रतिस्पर्धी, हक्की, इमानदार तथा बौद्धिक व्यक्तिका रूपमा चिनिन्छन् । नेपालजस्तो विकासशील मुलुकमा पूर्वाधार र प्राविधिक क्षेत्रका विज्ञहरू राजनीतिमा प्रवेश गर्नु अत्यन्त आवश्यक छ । किनकि यस्ता जनशक्तिले देश विकासका जटिल समस्याहरूमा प्रमाणित र व्यावहारिक समाधानहरू प्रस्तुत गर्न सक्छन् । डा. थापाजस्ता पेशागत र क्षमतावान व्यक्तिहरूले राजनीतिलाई भ्रष्टाचारमुक्त र विकासकेन्द्रित बनाउन सक्छन् । फलतः यसले गर्दा मुलुकको आर्थिक वृद्धि र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । मुख्यधारको राजनीतिमा यस्ता विज्ञहरूको उपस्थितिले नीति निर्माणलाई वैज्ञानिक र प्रभावकारी बनाउँदै युवा पुस्तालाई समेत प्रेरणा दिने काम गर्छ । तर पार्टीका केही नेताहरूले भने पेशागत पृष्ठभूमिका नयाँ अनुहारले वरिष्ठ नेतृत्वसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती पनि रहेको टिप्पणी गरेका छन् । उनको उम्मेदवारीले युवा इन्जिनियर, पेशागत समुदाय तथा पार्टीका सुधारवादी सदस्यहरूमा उत्साह जगाएको छ । धेरैले उनलाई नयाँ पुस्ताको सक्षम प्रतिनिधि तथा स्वच्छ नेतृत्वको प्रतीकका रूपमा पनि हेरेका छन् ।

images/WhatsApp_Image_2025-12-07_at_21.33.29.jpeg

एमालेको ११औँ महाधिवेशनले युवा नेतृत्व, नीति आधुनिकीकरण र पेशागत सहभागितामा जोड दिने अपेक्षा गरिएको छ । डा. थापाजस्ता पेशागत व्यक्तित्वहरूले स्वच्छ, पारदर्शी र विकासमुखी राजनीतिलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । डा. थापाजस्ता पेशागत व्यक्तित्वहरूको प्रवेशले एमालेमा प्राविधिक दक्षता र सुशासनको बहसलाई नयाँ उचाइ दिन सक्ने विश्वास पार्टीभित्रै व्यक्त भएको छ ।

images/WhatsApp_Image_2025-12-07_at_21.33.29.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *