इन्जिनियर खबर र एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर
Home News मुख्य समाचार

इन्जिनियर खबर र एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर

इन्जिनियर खबर - Dec. 11, 2025 54299 views
images/WhatsApp_Image_2025-12-11_at_16.30.27.jpeg
images/WhatsApp_Image_2025-12-11_at_16.30.27.jpeg
Text Size

अभियान्ता मिडिया ग्रुप द्वारा संचालित इन्जिनियर खबर र एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच आपसी समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। एक वर्षका लागी गरिएको सम्झौतामा इन्जिनियर खबरका तर्फबाट ई. अनिस अधिकारीले हस्ताक्षर गरेका छन् भने एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरन्तन बिक्रम राणाले हस्ताक्षर गरेका छन्।  

images/WhatsApp_Image_2025-12-11_at_16.30.27.jpeg

मङ्सिर २५ गते बिहिबारका दिन ललितपुर चाकुपाट स्थित एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडको कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।  

images/WhatsApp_Image_2025-12-11_at_16.30.27.jpeg

सम्झौता अनुसार इन्जिनियर खबरले एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडको बिज्ञापन, समाचार, प्रोजेक्टका सफलताका कथाहरु र कम्पनीले पूर्वाधार, संचार लगाएत इञ्जिनियरिङ क्षेत्रमा गरेका उल्लेखनीय कामहरुको प्रकाशन / प्रसारण गर्नेछ। 

images/WhatsApp_Image_2025-12-11_at_16.30.27.jpeg

इन्जिनियर खबर नेपालको इञ्जिनियरिङ क्षेत्रको पहिलो मिडिया कम्पनी हो, भने एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडले हाइड्रोपावर, ट्रान्समिसन लाइन, नविकरणीय उर्जा जस्ता क्षेत्रमा कन्सल्टिङ तथा निर्माणको काम गरि रहेकोछ, यसका करिब ५० भन्दा बढी परियोजना हाल संचालनमा रहेका छन्।  

images/WhatsApp_Image_2025-12-11_at_16.30.27.jpeg

Leave a Comment

Your email address will not be published. Required fields are marked *