सुदुरपश्चिम विश्वविद्यालयले नेपाल मटेरियल्स साइन्स सोसाइटीसँगको समन्वयमा International Conference on “Heritage, Innovation and Transformation" को तेस्रो संस्करण यही यही २०२६ फेब्रुअरी १७ देखि १९ (फाल्गुन ५-७) सम्म कन्चनपुरको महेन्द्रनगरमा आयोजना गर्ने भएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त विद्वान, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहनेछ। सम्मेलनमार्फत संस्कृति, नवप्रवर्तन र रूपान्तरण जस्ता विषयमा शैक्षिक संवाद, अनुसन्धान निष्कर्ष र अनुभव आदान प्रदान गरिने आयोजकले जनाएको छ। सम्मेलनका कन्भेनर एवम् सुदुरपश्चिम विश्वविद्यालयका इञ्जिनियरिङ संकायका डीन प्रा. डा. किसन दत्त भट्टका अनुसार सम्मेलनमा अमेरिका, भारत, हङकङ लगाएत १५ भन्दा बढी देशका ३०० भन्दा बढी अनुसन्धानकर्ताहरु सहभागी हुनेछन् । सम्मेलनमा तीन वटा प्लेनरी सेसन हुनेछ भने अनुसन्धानका पोस्टरहरु समेत सार्वजनिक हुनेछ।
विश्वविद्यालयको शैक्षिक पहुँच विस्तार र ज्ञान प्रसारको उद्देश्यअनुसार सम्मेलनका उदघाटन सत्र, प्यानल छलफल तथा विभिन्न सत्रहरू फेसबुक मार्फत प्रत्यक्ष (Live) प्रसारण गरिनेछ।
समाज, संस्कृति र इतिहास, विज्ञान, इन्जिनियरिङ र प्रविधि, कृषि, वन तथा प्राकृतिक स्रोत व्यवस्थापन, स्वास्थ्य, जनसंख्या र आप्रवासन, विकास, नीति र योजना, सुशासन, शिक्षा र वातावरण, उद्यमशीलता र व्यवसाय अर्थतन्त्र लगाएतका विषयबस्तुमा छलफल हुनेछ। सम्मेलनमा उपस्थित हुन चाहाने सहभागीहरुले माघ २४ देखि अनलाइनमा आफ्नो नाम रजिस्ट्रेसन गराउनु पर्दछ।
Your email address will not be published. Required fields are marked *