सामाजिक सुरक्षा कोष र नेपाल इन्जिनियर्स एशोसिएसन बीच सम्झौता
Home News मुख्य समाचार

सामाजिक सुरक्षा कोष र नेपाल इन्जिनियर्स एशोसिएसन बीच सम्झौता

Engineer Khabar - yesterday 377 views
images/nea_1.jpg
images/nea_1.jpg
Text Size

नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) र सामाजिक सुरक्षा कोषबीच आज मिति २०८२ चैत १८ गते महत्वपूर्ण द्विपक्षीय समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। कोषका कार्यकारी निर्देशक र एशोसिएसनका अध्यक्षबीच हस्ताक्षर गरिएको उक्त समझदारीपत्रमा इन्जिनियर तथा आर्किटेक्टहरूलाई कार्यरत क्षेत्रमै सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने तथा यसका लाभहरूबारे प्रवर्द्धन गर्न एशोसिएसनले सहकार्य गर्ने उल्लेख गरिएको छ।

images/nea_1.jpg

यसै अवसरमा “सामाजिक सुरक्षा कोष के हो?” भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना समेत गरिएको छ। कार्यक्रममा कोषका प्रतिनिधिहरूले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली, यसको महत्व तथा यसबाट प्राप्त हुने सुविधा र सुरक्षाबारे विस्तृत प्रस्तुति दिएका छन्। उक्त कार्यक्रममार्फत इन्जिनियर तथा आर्किटेक्ट समुदायलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन उत्प्रेरित गर्ने प्रयास गरिएको छ।

images/nea_1.jpg


कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षा कोषले पेशागत सुरक्षा, आर्थिक स्थायित्व तथा सामाजिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, यस्तो सहकार्यले प्राविधिक जनशक्तिको दीर्घकालीन हितमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

images/nea_1.jpg

May be an image of dais and text that says 'NEPAL 3 12 1902 ASSOCIA INTERACTION PROGRAM AND MOU CEREMONY Between Nepal Engineers' Association (NEA) and Social Security Fund (SSF) Theme: Contribution-based social security and its need for engineers/ architects. Date: Wednesday, April 1, 2026 Time: 3:00 Venue: Engineer Bhawan, Pulchowk, Lalitpur All are cordially invited to attend.'

images/nea_1.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *