प्रडू युनिभर्सिटी, अमेरिकाका विद्यार्थीहरुले हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुसंग गरे अन्तरक्रिया

प्रडू युनिभर्सिटी, अमेरिकाका विद्यार्थीहरुले हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुसंग गरे अन्तरक्रिया

इन्जिनियर खबर - May 20, 2026 1237 views
images/pic_1.jpeg
images/pic_1.jpeg
Text Size

पूर्वाञ्चल विश्वविद्यालय माेरङ र र प्रडु विश्वविद्यालय, नर्थवेष्ट, इण्डियाना, अमेरिकाका बीचमा संकाय, अनुसन्धानकर्ता र विद्यार्थि हरुको आदानप्रदान गर्ने, अनुसन्धान, आबिश्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने सन्दर्भमा गत बर्ष एमओयु साइन भएको थियो । 

images/pic_1.jpeg


उक्त समझदारी पत्र कार्यान्वयन गर्न प्रडू युनिभर्सिटीबाट एकजना फ्याकल्टी सहित ४ जना विद्यार्थी नेपाल आएर नेपालका पर्यटकीय स्थल पोखरा, चितवन, लुम्बिनी, इलाम लगायतको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको बारेमा नजिकबाट अध्ययन गरेकोमा विद्यार्थीहरुले खुसी व्यक्त गरेको संगै आउनुभएका प्रडू युनिभर्सिटीका डाइरेक्टर डा. रमेश न्यौपानेले जानकारी गराउदै पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र  पदाधिकारीहरुसंग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको जनाए। 

images/pic_1.jpeg
images/pic_1.jpeg


साथै अब पूर्वान्चल विश्वविद्यालय अन्तर्गत अध्ययन अध्यापन गरिरहनुभएका फ्याकल्टी तथा विद्यार्थीको लागि समेत प्रडू युनिभर्सिटी, अमेरिका भिजिट गर्न बाटो खुलेको बताए। पूर्वान्चल विश्वविद्यालयको अन्तरक्रिया पछि जनकपुरधाम हुँदै आज सडक मानव लाई एकत्रीत गरेर सेवा दिइरहेको झौखेल भक्तपुर स्थित मानव कल्याण समाजको आश्रममा भिजिट गरेको र सो संस्थाका अध्यक्ष सुमी मानवसंग यस बिषयमा सहकार्य गर्न इच्छुक रहेको अध्ययनको लागि आउनुभएका विद्यार्थीहरुले जनाए। आजै पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केही  कलेजहरुको भिजिट गर्दै अन्तमा हिलसाइड कलेज अफ इन्जिनियरिङ बालकुमारीका बिआइटी, सिभिल, इलेक्ट्रीकल तथा कम्प्युटर मा स्नातक गर्दै गरेका विद्यार्थीहरुलाई प्रडू युनिभर्सिटीमा माष्टर पढ्ने इच्छा गर्दा तथा जिएस कलेजमा +२ अध्ययनको लागि भर्ना भैरहेका विद्यार्थीहरुलाई स्नातक पढ्न आवेदन गर्न सक्ने हुंदा आइ ट्वान्टी लगायत भीसाको लागि सहजीकरण गरिदिने प्रडू युनिभर्सिटी, नर्थ वेष्ट, अमेरिकाका डाइरेक्टर डा. रमेश न्यौपानेले बताएका छन।

images/pic_1.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *