काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ। प्राध्यापक दिपक अर्याल, निमित्त उपकुलपति खड्ग केसी र प्राध्यापक विनिल अर्यालको नाम सिफारिस भएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ।
शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्त संयोजकत्वको सिफारिस समितिले प्रधानमन्त्री तथा कुलपतिलाई नाम सिफारिस गरेको हो। तीन मध्ये एकलाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्।
चैत १५ देखि त्रिवि उपकुलपतिविहीन छ। सिफारिस भएका दिपक अर्याल जलवायु विज्ञानका प्राध्यापक तथा उक्त विभागका पुर्व प्रमुखसमेत हुन्। केसी अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र विनिल अर्याल विज्ञान, प्रविधि सकायका प्राध्यापक हुन्। अर्याल विज्ञान सकायका पूर्व डिन समेत हुन्। उनीहरु तिनै जना सत्तारुढ एमाले निकट प्राध्यापक हुन्।
उपकुलपति केशरजंग बरालले चैत १५ गते राजीनामा दिएपछि रेक्टर केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।
Your email address will not be published. Required fields are marked *