काठमाडौं — शुक्रबार देखि काठमाडौं उपत्यकामा लगातार भइरहेको भीषण वर्षा का कारण जनजीवन प्रभावित भएको छ। विभिन्न स्थानमा सडक जलमग्न भएका छन् भने ट्राफिकमा पनि अवरोध देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तथा भोली दिनभर वर्षा जारी रहने संभावना जनाउँदै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। बागमती, विष्णुमती, मनोहरा लगायतका नदीहरूमा पानीको बहाव उच्च रहेकाले तटीय क्षेत्रमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, जलभरिएका सडक र पुलहरूबाट टाढा रहन, र सरकारी सूचनाहरूको पालना गर्न आग्रह गरिएको छ।
साथै, सुरक्षित रहन र छिमेकीलाई पनि सूचित गर्न प्रशासनले अनुरोध गरेको छ
Your email address will not be published. Required fields are marked *