भुइँ मान्छेका नगर प्रमुख मिना कुमारी लामा
Home News फिचर्ड स्टोरी

भुइँ मान्छेका नगर प्रमुख मिना कुमारी लामा

इन्जिनियर खबर - Jan. 31, 2026 1009397 views
images/election_candidacy.png
images/election_candidacy.png
Text Size

हेटौडा: बागमती प्रदेशको राजधानी, संघीय राजधानीबाट नजिकको दुरीमा रहेको सहर अनि व्यापार व्यवसायका हिसाबले फस्टाउदै गरेको सहर । बागमती प्रदेशको मुटुमा रहेको हेटौडा उपमहानगरपालिकाको नेतृत्व यति बेला मिना कुमारी लामालेग र्दैछिन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौंडामा लामा पहिलो महिला मेयर बनेकी हुन् ।नेकपा एमालेको लालकिल्ला मानिने हेटौडामा एमाले कै उम्मेदवार अनन्त पौडेललाई पराजित गर्दै हेटौडाको बागडोर मिनाले सम्हालेकी थिइन् । २०७४ मा उप प्रमुखको जिम्मेवारी सम्हालेकी मिनालाई कांग्रेस, माओवादी सहितको पाँच दलको गठबन्धनले साझा उमेदवारको रुपमा मैदानमा उतारेका थिए र २३ हजार ७५ मत सहित उनी निर्वाचित भएकी थिइन् । यिनै लामाले नेतृत्व गरेका हेटौडा उपमहानगरपालिकाले पछिल्लो समय पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र सिप बिकासको क्षेत्रमा उल्लेखनीय प्रगती गरेको भनेर विभिन्न सरोकारवाला निकायले गराएको जानकारी र हाम्रो रिसर्च टिमले केही समय पहिले हेटौडा नै गएर स्थलगत अध्ययन गरेर फर्किए पछि भुइँ मान्छेको नगर प्रमुख लामा शिर्षकमा विशेष सामाग्री तयार गर्न इन्जिनियर खबरको टिम गत वुधबार हेटौडा पुगेको थियो ।

images/election_candidacy.png

बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्मिएकी मीना कुमारी लामाको बाल्यकाल सामान्य साधारण रुपमा बित्यो । सानै देखि महिला हकहितका क्षेत्रमा काम गरेको अनुभव लामासँग छ । कक्षा छ मा पढ्दा देखि नै करिब १६ वर्षको उमेरमा महिलाहरुलाई पनि पढाउनु पर्छ, उनीहरुले पनि पढ्न पाउनुपर्छ भन्ने जस्ता जनजागरणका काम गरेकी लामा वि.सं २०४६ को बदलिदो राजनैतिक परिवर्तनसँगै राजनीतिमा जोडिएकी थिइन् ।२०४६ मा अनेरास्ववियुमा आवद्द भएदेखि औपचारिक रुपमा उनी राजनीतिमा प्रवेश गरेकी थिइन् । गाउँ घरमा नै घरका बुढापाकाहरु तास खेलेर बस्ने, समयमा खाना खान नगईदिने र महिलाले समेत कुरेर बस्नु पर्ने र बिरोध गर्न नसक्ने अवस्था देखेकी उनले आमा/काकीसँग तास च्यात्ने अभियान नै संचालन गरिन । उनको अभियान पछी गाउँमा खुल्ला रुपमा तास खेल्न रोकिएको उनले बताइन । हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा विए तथा हरीखेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी सम्मको अध्ययन गरी राजनीतिक यात्रामा लामा अघि बढेकी थिइन् । २०५० मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमा लामाले हेटौंडा १ का सुनकुमार लामासँग विवाह गरेकी थिइन् । २०५६ पश्चात उनले अखिल नेपाल महिला संघसँग आबद्द भएर राजनीतिक यात्रा अगाडी बढाइन । अनेमसंघमा आबद्द भएपछि २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव, २०७१ सालमा एमाले मकवानपुरको उप-सचिव र विद्यार्थी इन्चार्ज २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष,  लोकतान्त्रिक तामाङ संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भएकी हुन् । राजनैतिक यात्रा अघि बढ्दै गर्दा वि.सं २०५४ साल देखि नै उनी सेतो गुराँस बालिका सेवा नामक एनजीओ मार्फत बालिकाको क्षेत्रमा काम गर्दै आएकी थिइन् ।२०६२ सालसम्म यही संस्थामा आबद्द भएर बालिकाको हित, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी लामा २०७४ देखि लायन्स क्लब अफ पाथिभराको सदस्यको जिम्मेवारीमा थिइन् ।

images/election_candidacy.png

यसरी विभिन्न संघ-संस्थाहरूसँग जोडिँदै नगर, वडा हुँदै टोलसम्म कार्यक्रम लिएर पुगेको, नेकपा एमालेको जनसंगठनहरुमा जोडिएर काम गरेको, संगठन बिस्तारमा काम गरेको आधारमा लामालाई नेकपा एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको उप प्रमुखको रुपमा अघि सारेको थियो र पछी उनी निर्वाचित भएकी थिइन् ।  उप प्रमुखका रुपमा ५ वर्ष प्रशासनिक देखि लिएर थुप्रै सामाजिक काममा सक्रिय सहभागी भै स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था गरे अनुसार उपप्रमुखले गर्नु पर्ने काम, कर्तव्य र अधिकारहरूमा जिम्मेवार भएर काम गरेकी लामाले हेटौँडाको विकास र समृद्धिमा महत्वपुर्ण योगदान दिइन् । उपप्रमुख भएर जिम्मेवारी लिँदै गर्दा देश नयाँ संरचनाको अभ्यासमा थियो । ऐन, कानुनहरू थिएनन्, कुनै ठोस योजना, त्यसका नियम तथा आवश्यक निर्देशिका, कार्यविधि थिएन । हेटौँडाको विकासका लागि ती ऐन कानुनहरूको निर्माण गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनु पर्ने जिम्मेवारी मुलत उप प्रमुख कै थियो । जसका लागि उनले कानुन मस्यौदा समितिको संयोजक भएर काम गरिन् । उप - प्रमुख कै भुमिकामा रही रहँदा देश कोभिड - १९ को महमारीमा थियो, त्यसबाट हेटौडा पनि अछुतो रहन सकेन । कोभिडबाट प्रभावितहरुलाई राहत वितरण गर्ने देखि, खाद्यान्न वितरण, अस्पताल लैजान सहजीकरण गर्ने देखि, गर्भवती महिला, बृद्धहरूलाई प्राथमिकतामा राखेर काम गरिन् । हेटौडामा कोभिडको समयमा उनको सक्रियतालाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

उप प्रमुखको रुपमा योजना अनुगमन देखि न्यायिक समिति संयोजकसम्मको जिम्मेवारीमा रहेकी लामा यो बिचमा हेटौडाको प्रत्यक टोलसम्म पुगिन् । २०७८/२०७९ मा बदलिदो राजानैतिक परिवेशले नेकपा एमालेको फुट भएसँगै उनी नेकपा समाजवादीमा आबद्द भएकी थिइन् । उप प्रमुखको रुपमा सफल कार्याकाल निभाएकी उनलाई नेकपा समाजबादीले २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागी नगर प्रमुखको पदमा उमेदवार बनाएको थियो, जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका ५ दलले समर्थन गरेका थिए । २०७९ जेठ ४ मा घोषित निर्वाचन मत परिणाममा कुल २३ हजार ७५ मत ल्याएर हेटौडा उपमहानगरको प्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

हेटौडा बजार क्षेत्र, चौकीटोल, कमाने, बुद्धचोक जस्ता बिकसित क्षेत्र हेर्दा लाग्छ हेटौडा उपमहानगरपालिका हैन, महानगर नै हुनु पर्ने क्षेत्र जस्तो छ तर हेटौडा यतिमा मात्र सिमित कहाँ छ र ? मकवानपुरगढी, भिमफेदी, कैलाश, राक्सीराङ देखि बकैयासम्मको सिमानामा फैलिएको हेटौडाको कतिपय क्षेत्र दुर्गम भेगमा पर्दछन्, जहाँ आधारभूत सेवा पुराउन नै निकै समय लाग्ने गर्दथ्यो । यो अवस्थालाई नजिकबाट बुझेकी नगर प्रमुख लामाले आफ्ना योजनाहरुमा उपमहानगरको केन्द्रमा बस्नेहरुलाई भन्दा टाढा टाढा बस्ने आफ्ना स्थानीयलाई स्थानीय सरकारको अनुभूति दिलाउन प्रयासरत भइन्, फल स्वरुप अहिले नगर सम्म धाएर लिनु पर्ने सेवाहरु वडाबाट नै वितरण भै रहेको छ । उपमेयर हुदाँ योजना अनुगमनका लागी १९ वटै वडामा पुगेकी लामालाई थोरै रकमको योजना पनि नगरबाट भुक्तानी हुदाँ उपभोक्ताहरुको समय खेर गइ रहेकाले वडामा अख्तियार प्रत्यायोजन गर्नु फाइदाजनाक हुने लागेको थियो । प्रत्यक पालिकामा असार मसान्तमा प्रमुख प्रशासकीय, लेखा र नगर प्रमुखको कार्यकक्ष भिड हुनु सामान्य जस्तै छ, यही अवस्थाको अन्त्य गर्न लामाले २० लाख सम्मको योजनाको सम्झौता, अनुगमन र भुक्तानीको अधिकार वडालाई प्रत्यायोजन गरिन् । यसले स्थानीय सरकारको अनुभुती दिलाउन सफल भएका छौँ, “अधिकार प्रत्यायोजन पश्चात १९ नम्बर ज्यामिरको राक्सिराङसँग सिमाना जोडिएको वडा नागरिक पनि सेवा लिन यहाँ आउनु पदैन, अनि फुर्केचौर जोडेको वडाका नागरिक पनि  यहाँसम्म आउनु पर्दैन, यसले गर्दा कर्मचारीहरुलाई अर्को उत्पादनमुलक काममा लगाउन सकिने र नगर स्तरीय योजना मात्र नगरबाट संचालन हुने अवस्था आएको छ। यसबाट स्थानीय अत्यन्त लाभान्वित भएका छन्।" प्रमुख लामाले बताइन । पालिकामा अहिले शिक्षा, स्वास्थ्य जस्ता नीति मार्फत आधविक योजना संचालन भै रहेका छन्। पूर्वाधार बिकासका समेत गुरु योजना बनेर काम भै रहेको र अहिले नागरिक सबैभन्दा सहज रुपमा प्रत्यक वडामा रहेका आफ्नै स्वास्थ्य भवनबाट सेवा पाई रहेका छन् ।

सहर सौन्दर्यकरणका लागी सडक बिभागले लामो समय देखि राजमार्ग छेउका २५ मि बाटो बिस्तार गर्ने योजना बनाए पनि कार्यन्वयन हुन सकी रहेको थिएन तर लामाले  हेटौडाको त्यो लडाई लड्दैछिन्, बजारको सौन्दर्यकरणका लागी, हेटौडाको समग्र बिकासका लागी २५ मिटर सडक बिस्तार अत्यन्त आवश्यक छ, त्यसमा कुनै दुविधा नै छैन। स्थानीयलाई मुआव्जा दिने कि नदिने भन्ने विषय संघीय सरकार र सडक विषय हुन्, स्थानीय सरकारले त्यसमा हस्तक्षेप गर्न सक्ने विषय भएन तर सहरको सौन्दर्यदेखि नमुना रोड निर्माणको अभ्यास मिना लामाले गर्दै छिन् । २५ मिटर बाटो बिस्तारको लागी राजमार्ग आसपासका केही भवनहरु भत्काएपछि तत्कालका लागी सर्वोच्चले रोकेको छ, तर अहिले स्थानीयले स्व: स्फुर्त रुपमा घर भत्काईरहेका छन्। सडक सौन्दर्यका लागी २९ वटा हाइमास्ट र करिब ४०० स्ट्रिट लाइट जोड्ने काम तिब्र रुपमा भै रहेको छ। प्रत्यक घरमा बाटो, शौचालय, बत्तीको व्यवस्था अनि प्रत्यक घरमा दुइ विरुवा जस्ता लोकप्रिय कार्यक्रम मार्फत मिना जनतासँग जोडिदै छिन्। कनेक्टीभिटी रोड निर्माणले बहुपालिका जोड्ने काम पनि पालिकाले गरि रहेको छ । हेटौडाका ४६००० घरधुरी मध्ये ९० % घरमा आधारभूत खानेपानी पुगेको छ भने बाकी घरहरुमा पनि सामुदायिक खानेपानीहरु रहेका छन्, ढल व्यवस्थापनको काम समेत भै रहेको छ ।

गरि खाने समाजको निर्माणलाई प्राथमिकता

प्राय: सबै स्थानीय तहहरुले पछिल्लो वर्षहरुमा गरेको बिकास भनेका नै सडक हो । घर अगाडीको सडक चिल्लो हुने तर त्यही सडक हुँदै घरमा प्रवेश गर्ने मान्छे सिपको अभावमा बेरोजगार बस्नु पर्ने नेपाली समाजको नियति जस्तै बनेको छ। यही यथार्थलाई नजिकबाट देखेका लामाले भौतिक पूर्वाधारसँगै  मानव संसाधनको बिकासलाई पनि  सँगै लैजाने प्रयत्न गरेकी छिन्। पालिकाले यति बेला विभिन्न प्रकारका सिपमुलक तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ जसबाट हजारौँ प्रत्यक्ष रोजगारीमा जोडिएका छन् भने लाखौँ लाभान्वित भएका छन् । सुरु देखि नै महिलाको क्षेत्रमा काम गरी रहेकी लामाले यहाँका  महिलाहरु आर्थिक रुपमा सबल बनाउन प्रयासरत छिन्।  हेटौडा -१२ स्थित पदमपोखरीमा ३४ हजार मेवा, १ लाख ड्राइगन फ्रुटको खेती भै रहेको छ। पालिकाले पछिल्लो समय १४ वटा उद्यमहरु नै सुरु गरेको छ। पालिकाले महिलालाई तालिम नै दिएर व्यवसायिक रुपमा गुन्द्रुक उत्पादन गरिरहेको छ, यहाँबाट उत्पादन हुने गुन्द्रुक देशका विभिन्न भाग देखि विदेशसम्ममा बिक्रि हुदै आएको छ। कयौँ बिगाह क्षेत्रफलको जग्गा लिजमा लिएर यहाँबाट उत्पादन भएको सागलाई प्रविधि प्रयोग गरेर गुन्द्रुकको उत्पादन भएको छ, यसले महिलालाई आत्मनिर्भरता तर्फ जोडेको छ भने कृषियोग्य जमिनमा खेती समेत भै रहेको छ।  ढाकाको उद्योग मार्फत स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने देखि सिप सिकाउने सम्मको काममा लामाले महत्वपुर्ण भूमिका निर्वाह गरि रहेकि छिन्। खुवाको हबको रुपमा चिनिने चुच्चेखोला क्षेत्रको खुवा प्रवर्धन देखि पाडी, पाठी वितरण जस्ता कार्यक्रमले स्थानीयले स्थानीय सरकारको अनुभूति गरि रहेका छन् । हेटौडाका सुगम क्षेत्रमा बस्ने जनताका लागी मात्र हैन, गाउँघरका भुइँमान्छेका लागी लामाले योजना प्राथमिकतामा राखेकी छिन्, त्यसले उनलाई भुइँ मान्छेका नगर प्रमुखको उपमा दिएको छ।

हेटौडा प्रदेशको राजधानी पनि हो, हेटौडाको बिकासको मोडालिटी कस्तो हुने भन्ने कुरा हेटौडाको नगर प्रमुखको मात्र विषय हैन, प्रदेश सरकारले समेत आफ्नो राजधानीको बिकासको लागी ठुलो मात्रामा लगानी गर्नु पर्दछ, अन्तराष्ट्रिय विकास साझेदारसँग समन्वय गरेर हेटौडाको बहु बिकासका योजना अघि बधाउन आवश्यक छ ।

images/election_candidacy.png

प्रदेश कै राजधानी हुनुका फाइदा पक्कै पनि हेटौडाले  लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन। संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, लामालाई पनि त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासोका बिच पनि यति बेला मिना लामाले भुइँ मान्छेले अपनत्व लिने गरी   हेटौडा उपमहानगरमा केही आशालाग्दो काम गरि रहेकि छिन् ।

images/election_candidacy.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *