SQUARES परियोजनाको अन्तिम बैठक काठमाडौंमा सम्पन्न, इन्जिनियरिङ शिक्षामा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता
Home News इञ्जिनियरिङ्ग

SQUARES परियोजनाको अन्तिम बैठक काठमाडौंमा सम्पन्न, इन्जिनियरिङ शिक्षामा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता

Engineer Khabar - Sept. 19, 2026 734 views
images/1.jpg
images/1.jpg
Text Size

काठमाडौं — European Union को Erasmus+ Programme अन्तर्गत सह-वित्तपोषित SQUARES Project (2023–2026) को अन्तिम बैठक सेप्टेम्बर १५ देखि १७, २०२६ सम्म काठमाडौंस्थित Institute of Engineering (IoE), Pulchowk Campus मा सम्पन्न भएको छ। तीन वर्षे यस परियोजनाको औपचारिक समापनतर्फ यात्रा भइरहँदा साझेदार संस्थाहरूले इन्जिनियरिङ शिक्षामा विकसित अन्तर्राष्ट्रिय सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

images/1.jpg

 

images/1.jpg

SQUARES अर्थात् Sustainability and Quality Assurance for Academic Governance and Redesign of Engineering Studies उच्च शिक्षा संस्था, उद्योग तथा व्यावसायिक रोजगारी बजारबीच रहेको सीपसम्बन्धी अन्तर कम गर्ने उद्देश्यले सञ्चालन गरिएको अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य परियोजना हो। परियोजनाले विशेषगरी इन्जिनियरिङ शिक्षा, गुणस्तर सुनिश्चितता, शैक्षिक शासन, पाठ्यक्रम पुनर्रचना तथा रोजगार बजारसँग शिक्षालाई अझ प्रभावकारी रूपमा जोड्ने विषयमा काम गर्दै आएको छ।

 

यस परियोजनामा Far Western University (FWU), Nepal को Faculty of Engineering ले लाभग्राही साझेदारका रूपमा सहभागिता जनाएको थियो। परियोजनामार्फत FWU ले युरोपका तीन विश्वविद्यालय तथा एसियाका छ साझेदार विश्वविद्यालयसँग सहकार्य गर्दै ज्ञान आदानप्रदान, शैक्षिक सञ्जाल विस्तार, अनुसन्धान सहकार्य तथा संस्थागत क्षमता अभिवृद्धि का क्षेत्रमा महत्वपूर्ण अवसर प्राप्त गरेको विश्वविद्यालय पक्षले जनाएको छ।

 

विश्वविद्यालयका अनुसार SQUARES सँगको संलग्नताले FWU मा इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार, आधुनिक शिक्षण–सिकाइ पद्धतिको प्रवर्द्धन, अनुसन्धान सहकार्य विस्तार तथा संस्थागत विकास का लागि बलियो आधार तयार गरेको छ। परियोजनाको अवधिभर विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्यले FWU लाई अनुभव आदानप्रदान मात्र नभई दीर्घकालीन शैक्षिक तथा प्राज्ञिक साझेदारीका सम्भावना विस्तार गर्ने अवसर पनि दिएको छ।

 

SQUARES परियोजनाअन्तर्गत FWU मा Didactic Learning Lab स्थापना गरिएको छ, जसलाई विश्वविद्यालयले शैक्षिक तथा प्रयोगात्मक पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यस्तो पूर्वाधारले विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताबीच थप व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

परियोजनाका क्रममा FWU का प्रतिनिधिहरूले विभिन्न consortium meeting तथा workshop मा सहभागी हुँदै quality assurance, academic governance, engineering education तथा उद्योगको आवश्यकतासँग शिक्षालाई जोड्ने विषयमा अन्तर्राष्ट्रिय साझेदारहरूसँग अनुभव आदानप्रदान गरेका थिए। Tallinn University of Technology, Estonia मा आयोजित बैठक तथा कार्यशालामा समेत FWU का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

परियोजना सकिए पनि सहकार्य जारी रहने

 

तीन वर्षे SQUARES परियोजनाको औपचारिक समापन भए पनि यसबाट विकसित अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध र सहकार्य सञ्जाललाई आगामी दिनमा थप विस्तार गर्ने अपेक्षा गरिएको छ। साझेदार विश्वविद्यालयहरूले अनुसन्धान, संस्थागत क्षमता अभिवृद्धि, नवप्रवर्तन तथा शिक्षण–सिकाइको गुणस्तर सुधार का क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने लक्ष्य राखेका छन्।

 

Far Western University का तर्फबाट परियोजनामा संलग्न साझेदार विश्वविद्यालय, परियोजना संयोजक, प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा अन्य सरोकारवालाहरू लाई परियोजनाको सफल कार्यान्वयन र समापनमा पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गरिएको छ।

 

 

FWU को नेतृत्वमा प्रा. डा. किशन दत्त भट्ट

 

SQUARES परियोजनामा सुरुदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रा. डा. किशन दत्त भट्ट हाल Far Western University का Vice-Chancellor हुनुहुन्छ। उहाँ यसअघि FWU को Faculty of Engineering का Dean तथा SQUARES परियोजनाका project manager/principal researcher का रूपमा समेत कार्यरत रहनुभएको थियो।

 

Vice-Chancellor बन्नुअघि पनि उहाँले FWU को तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय consortium meeting तथा workshop हरूमा सहभागिता जनाउँदै परियोजनाको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। SQUARES परियोजनाको समापनसँगै FWU ले अन्तर्राष्ट्रिय उच्च शिक्षा संस्थासँग स्थापित सहकार्यलाई आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन, क्षमता अभिवृद्धि तथा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको विकास मा थप उपयोग गर्ने अपेक्षा गरिएको छ।

 

images/1.jpg

SQUARES Project European Union को Erasmus+ Programme अन्तर्गत सह-वित्तपोषित परियोजना हो।

images/1.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *