तारकेश्वर बाढी क्षति : NEA को प्राविधिक टोलीद्वारा स्थलगत अध्ययन, पुनर्निर्माणका लागि प्रतिवेदन बुझाउने
Home News समाचार

तारकेश्वर बाढी क्षति : NEA को प्राविधिक टोलीद्वारा स्थलगत अध्ययन, पुनर्निर्माणका लागि प्रतिवेदन बुझाउने

Engineer Khabar - Sept. 22, 2026 611 views
images/nea2.jpg
images/nea2.jpg
Text Size

नुवाकोटको तारकेश्वर गाउँपालिकामा बाढीले पुर्‍याएको क्षतिको यथार्थ अवस्था पत्ता लगाउन नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) ले विज्ञ इन्जिनियरहरूको टोली खटाएर विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरेको छ। गत भदौ १० गते आएको अविरल बाढीका कारण त्यहाँका बस्ती तथा सडक, पुल लगायतका भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको थियो।

images/nea2.jpg

 

images/nea2.jpg

विपद्पछिको पुनर्निर्माणलाई सुरक्षित र योजनाबद्ध बनाउन सहयोग पुर्‍याउने उद्देश्यले NEAले चार सदस्यीय प्राविधिक टोली तारकेश्वर पठाएको हो। अध्ययन टोलीमा इन्जिनियर डा. बलबहादुर पराजुली, आर्किटेक्ट जनक राज जोशी, इन्जिनियर राज कुमार खड्का र इन्जिनियर लोकेन्द्र अधिकारी रहेका छन्।

 

स्थलगत अवस्था र प्राविधिक विश्लेषण

स्थानीय तहसँगको प्रत्यक्ष समन्वयमा प्रभावित क्षेत्र पुगेको विज्ञ टोलीले बाढी प्रभावित बस्ती तथा क्षतिग्रस्त संरचनाहरूको गहिराइमा पुगेर निरीक्षण गरेको छ। अध्ययनका क्रममा टोलीले:

 

 

छिट्टै सुझावसहितको प्रतिवेदन बुझाइने

NEAका अनुसार स्थलगत अध्ययनबाट संकलित प्राविधिक तथ्यांकहरूको अहिले विश्लेषण भइरहेको छ। सोही विश्लेषणका आधारमा विपद् जोखिम न्यूनीकरण, दिगो समाधान र सुरक्षित पुनर्स्थापनाका स्पष्ट उपायहरू समेटेर एक प्राविधिक प्रतिवेदन तयार गरिँदै छ। उक्त प्रतिवेदन गाउँपालिका तथा सम्बन्धित सरकारी निकायलाई छिट्टै हस्तान्तरण गरिनेछ, जसले गर्दा आगामी दिनमा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्नेछ।

 

‘इन्जिनियरिङ फर सोसाइटी’ भन्ने मूल मर्मका साथ देशमा आइपर्ने प्राकृतिक विपद्हरूमा इन्जिनियरिङ ज्ञान र सीपमार्फत समाजलाई सुरक्षित बनाउन NEAले सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता प्राविधिक अध्ययनलाई निरन्तरता दिँदै आएको छ।

स्रोत: नेपाल इन्जिनियर्स एशोसिएसन (NEA)

images/nea2.jpg

 

images/nea2.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *