“सडक सुझाव” एप सञ्चालनमा, अब फोटोसहित सडक समस्या रिपोर्ट गर्न सकिने
Home News पूर्वाधार

“सडक सुझाव” एप सञ्चालनमा, अब फोटोसहित सडक समस्या रिपोर्ट गर्न सकिने

Engineer Khabar - yesterday 722 views
images/FB_IMG_1789636689827.jpg
images/FB_IMG_1789636689827.jpg
Text Size

 

images/FB_IMG_1789636689827.jpg

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका संघीय सडकमा देखिएका खाल्डाखुल्डी, क्षति, पानी जम्ने समस्या र ट्राफिक सुरक्षाका गुनासो तत्काल रिपोर्ट गर्न सकिने गरी सडक डिभिजन काठमाडौंले सडक सुझाव मोबाइल एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सफल परीक्षणपछि एपलाई नागरिकको प्रयोगका लागि खुला गरिएको हो।

images/FB_IMG_1789636689827.jpg

 

एपमार्फत प्रयोगकर्ताले सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा र सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित दर्ता गर्न सक्छन्। सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी र छिटो बनाउने उद्देश्यले यो एप ल्याइएको सडक डिभिजन काठमाडौंले जनाएको छ।

 

 

सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाका अनुसार एपबाट रिपोर्ट दर्ता भएपछि समस्या रहेको स्थान जीआईएस म्यापिङमार्फत सजिलै पहिचान गर्न सकिन्छ। प्रयोगकर्ताले चाहेमा ठेगाना खोजेर वा नजिकको चिनारी स्थान राखेर पनि स्थान निर्धारण गर्न सक्छन्। यसले मर्मत टोलीलाई समस्या कहाँ छ भन्ने कुरा स्पष्ट हुन्छ।

 

रिपोर्ट गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान अनिवार्य राख्नुपर्छ। दर्ता सफल भएपछि प्रयोगकर्तालाई सन्दर्भ नम्बर दिइन्छ। यही नम्बरबाट गुनासोको अवस्था एपमै हेर्न सकिन्छ। समाधान भएपछि सूचना पनि एपमार्फत आउँछ।

 

प्राप्त रिपोर्टलाई आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी मर्मतको काम अघि बढाइने डिभिजनले बताएको छ।

 

 

हाल एपमार्फत काठमाडौं उपत्यकाभित्रका संघीय सडकअन्तर्गत करिब ४७२ किलोमिटर सडकका गुनासो दर्ता गर्न सकिन्छ। संघीय सडकबाहेकका सडकका हकमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी एपले नै दिने व्यवस्था गरिएको छ।

 

सडक डिभिजनले यसअघि नै खाल्डाखुल्डी तत्काल पुर्न ‘पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सञ्चालन गरिसकेको छ। एपबाट आएका रिपोर्टका आधारमा यो सेवालाई थप प्रभावकारी बनाउन सकिने बताइएको छ। सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मर्मत अभियानलाई तीव्रता दिइएको छ।

 

 

एपलाई क्रमशः देशव्यापी बनाउने तयारी पनि अघि बढाइएको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेटेर सेवा विस्तार गर्ने र त्यसपछि देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

 

 

सडक सुझाव’ एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ। एप खोलेर होम स्क्रिनमा रहेको ‘Report a Problem’ विकल्पमा क्लिक गरी समस्याको फोटो अपलोड गर्नुहोस्। त्यसपछि समस्याको प्रकार, गम्भीरता र नजिकको चिनारी स्थान छनोट गरी रिपोर्ट पठाउन सकिन्छ। प्राप्त सन्दर्भ नम्बरबाट गुनासोको प्रगति हेर्न सकिन्छ।

 

images/FB_IMG_1789636689827.jpg

सडक डिभिजन काठमाडौंले नागरिक सहभागिताबाट सडक मर्मतलाई छिटो र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

images/FB_IMG_1789636689827.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *