८औ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै
Home News शिक्षा

८औ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै

images/kec_conference.jpg
images/kec_conference.jpg
Text Size

काठमाडौं, बैशाख २१ — कान्तिपुर इन्जिनियरिङ कलेज अन्तर्गत Research Training and Consultancy Division (RTCD) द्वारा 8औं KEC Conference 2026 आगामी २४ बैशाख २०८३ मा आयोजना हुने भएको छ। सन् २०१८ देखि निरन्तर आयोजना हुँदै आएको यो एकदिने सम्मेलन यस वर्ष अझ व्यापक, व्यवस्थित र उत्साहजनक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

images/kec_conference.jpg

यस वर्ष सम्मेलनका लागि कुल ४३ वटा अनुसन्धानपत्र स्वीकृत भएका छन्। तीमध्ये कम्प्युटर तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अन्तर्गत २४ वटा र सिभिल इन्जिनियरिङ अन्तर्गत १९ वटा अनुसन्धानपत्र समावेश छन्। यी अनुसन्धानहरू Artificial Intelligence, Deep Learning, Signal Processing, Structural Engineering तथा Water Resource Management जस्ता समसामयिक र महत्वपूर्ण विषयहरूमा केन्द्रित छन्।

images/kec_conference.jpg

सम्मेलनमा SSTN (Safe and Sustainable Travel Nepal) तथा SOTEN (Society of Transport Engineering Nepal) को सहकार्यमा Traffic and Transportation Engineering सम्बन्धी विशेष सिम्पोजियम पनि आयोजना गरिनेछ।

कार्यक्रमअन्तर्गत Keynote Sessions, Paper Presentations तथा प्रश्नोत्तर (Q&A) सत्रहरू सञ्चालन गरिनेछन्। देशभरका विभिन्न इन्जिनियरिङ कलेजका प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको उल्लेखनीय सहभागिता रहने जानकारी RTCD ले दिएको छ।

KEC Conference ले प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई एउटै साझा मञ्चमा ल्याउने महत्वपूर्ण माध्यमका रूपमा आफूलाई स्थापित गर्दै आएको छ। यस वर्ष ४३ वटा गुणस्तरीय अनुसन्धानपत्र स्वीकृत हुनु कलेजमा विकसित हुँदै गएको अनुसन्धान संस्कृतिको सकारात्मक संकेत भएको आयोजकको भनाइ छ।

images/kec_conference.jpg

कलेजका प्राचार्य प्रा. डा. केशर प्रसाईंका अनुसार स्वीकृत अनुसन्धानपत्रहरू Nepal Journals Online (NepJOL) मा सूचीकृत International Journal on Engineering Technology (InJET) मा समेत प्रकाशन गरिनेछ।

images/kec_conference.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *