बाढी प्रभावित परीक्षार्थीका लागि आईओईले गर्‍यो विशेष व्यवस्था
Home News शिक्षा

बाढी प्रभावित परीक्षार्थीका लागि आईओईले गर्‍यो विशेष व्यवस्था

Engineer Khabar - Sept. 9, 2026 365 views
images/WhatsApp_Image_2026-09-09_at_7.52.46_AM.jpeg
images/WhatsApp_Image_2026-09-09_at_7.52.46_AM.jpeg
Text Size

काठमाडौं — त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बाढीबाट प्रभावित परीक्षार्थीका लागि विशेष परीक्षाको व्यवस्था गर्ने भएको छ।

images/WhatsApp_Image_2026-09-09_at_7.52.46_AM.jpeg

 

images/WhatsApp_Image_2026-09-09_at_7.52.46_AM.jpeg

आईओई परीक्षा नियन्त्रण महाशाखाले सूचना जारी गर्दै भोटेकोशी बाढीबाट प्रभावित भई संशोधित परीक्षा तालिकाअनुसार परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीका लागि मात्र विशेष परीक्षा सञ्चालन गर्ने जनाएको हो।

 

महाशाखाका अनुसार अस्पतालमा भर्ना भई उपचाररत घाइते तथा घरपरिवारका सदस्य गुमाई काजकिरियामा संलग्न परीक्षार्थीलाई विशेष परीक्षामा सहभागी गराइनेछ। त्यस्तै, बाढीका कारण घरबारविहीन भएका परीक्षार्थीले पनि आवश्यक प्रमाण पेस गरी विशेष परीक्षाका लागि आवेदन दिन सक्नेछन्।

 

विशेष परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीले आफू बाढीबाट प्रत्यक्ष प्रभावित भएको प्रमाणसहित सम्बन्धित क्याम्पस/कलेजमार्फत परीक्षा नियन्त्रण महाशाखामा निवेदन दिनुपर्नेछ।

 

घाइते बिरामीको हकमा अस्पतालमा भर्ना भएको कागजात तथा काजकिरियामा बसेको वा घरबारविहीन भएको हकमा स्थानीय निकायबाट प्रमाणित कागजात पेस गर्नुपर्नेछ। निवेदनसँग सम्बन्धित परीक्षार्थीले प्राप्त गरेको परीक्षा प्रवेशपत्रको प्रतिलिपि र छुट भई सहभागी हुनुपर्ने विषयहरूको सूची समेत संलग्न गर्नुपर्नेछ।

 

आईओईले विशेष परीक्षाको व्यवस्थापनका लागि सम्बन्धित परीक्षार्थीले २०८३ भदौ ३० गतेभित्र सम्बन्धित क्याम्पस/कलेजमा निवेदन पेस गर्नुपर्ने जनाएको छ। त्यसपछि सम्बन्धित क्याम्पस/कलेजले संकलित आवेदन २०८३ असोज १ गतेभित्र परीक्षा नियन्त्रण महाशाखामा अनिवार्य रूपमा पठाउनुपर्नेछ।

 

images/WhatsApp_Image_2026-09-09_at_7.52.46_AM.jpeg

आईओईले विशेष व्यवस्था बाढीबाट प्रत्यक्ष प्रभावित भई निर्धारित परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीका लागि मात्र लागू हुने स्पष्ट पारेको छ।

images/WhatsApp_Image_2026-09-09_at_7.52.46_AM.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *