काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो।
नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएका शर्माले सीटीईभीटीका पहिलो कार्यकारी निर्देशकका रूपमा समेत काम गर्नुभएको थियो। काठमाडौं विश्वविद्यालय स्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै उहाँ विश्वविद्यालयको पहिलो उपकुलपति बन्नुभएको थियो।
उहाँ सन् १९९१ देखि २०१२ सम्म लगातार काठमाडौं विश्वविद्यालयको उपकुलपति रहनुभएको थियो। पछिल्लो समय उहाँ केयूको बोर्ड अफ ट्रस्टीमा आबद्ध हुनुहुन्थ्यो।
नेपालको शिक्षा तथा प्राविधिक शिक्षाको विकासमा उहाँले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली।
Your email address will not be published. Required fields are marked *