कृषि इन्जिनियरिङ्ग स्नातक भर्नाबारे NSAE को ध्यानाकर्षण
Home News शिक्षा

कृषि इन्जिनियरिङ्ग स्नातक भर्नाबारे NSAE को ध्यानाकर्षण

Engineer Khabar - Sept. 12, 2026 21697 views
images/FB_IMG_1789228314747.jpg
images/FB_IMG_1789228314747.jpg
Text Size

ललितपुर । नेपाल कृषि इन्जिनियर्स सोसाइटी (NSAE) ले कृषि इन्जिनियरिङ्ग स्नातक तहको भर्ना प्रक्रिया पुनः सञ्चालन गर्न माग गरेको छ।

images/FB_IMG_1789228314747.jpg

 

images/FB_IMG_1789228314747.jpg

सोसाइटीले पूर्वाञ्चल क्याम्पस, धरानमा सञ्चालन हुँदै आएको कृषि इन्जिनियरिङ्ग स्नातक तहको पढाइ यस वर्ष स्थगित गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

क्याम्पस प्रशासन, भर्ना समिति, Department of Agricultural Engineering, National Agricultural Engineers Students’ Society तथा सरोकारवाला निकायबीच आवश्यक छलफल गरी यस वर्षका लागि कृषि इन्जिनियरिङ्ग स्नातक भर्ना प्रक्रिया यथाशीघ्र पुनः खोल्न NSAE ले माग गरेको हो।

 

त्यस्तै, कृषि इन्जिनियरिङ्ग स्नातक तहको पढाइ, भर्ना तथा रोजगारीसँग सम्बन्धित विषयमा उच्चस्तरीय समिति गठन गरी अध्ययन तथा आवश्यक कार्यदिशा तय गर्न समेत सोसाइटीले आग्रह गरेको छ।

 

NSAE ले कृषि इन्जिनियरिङ्ग तथा समग्र कृषि क्षेत्रको विकासका लागि आफूले रचनात्मक, सहयोगी र प्रेरणादायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

 

images/FB_IMG_1789228314747.jpg

 

images/FB_IMG_1789228314747.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *