हेटौंडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरी ४ जीपीए प्राप्त गर्ने मकवानपुर जिल्लाका १३ जना विद्यार्थीलाई सम्मान गरेको छ। उक्त कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई जनही ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो।
सम्मानित हुने विद्यार्थीहरूमा नवोदय शिक्षा सदनका वृष्टि जयस्वाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली, जी.एस. निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारी, बालजागृति अंग्रेजी माध्यम विद्यालयका देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक विद्यालयका कुष्मा लौडारी र आभास घिमिरे, आधुनिक विद्यालयका प्रशान्त यादव, बालज्योति विद्यालयका शुभम खनाल तथा फ्याम्कल विद्यालयका कृष्ण रिजाल रहेका छन्।
कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले जिल्लाको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा समेत निरन्तर उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको नगर प्रमुख लामाले बताए। ।
Your email address will not be published. Required fields are marked *