कान्तिपुर इन्जिनियरिङ कलेजको वेबसाइटमा निःशुल्क IOE अनलाइन Mock Test, जुनसुकै समयमा परीक्षा दिन सकिने
इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि कान्तिपुर इन्जिनियरिङ कलेज(KEC) ले आफ्नो आधिकारिक वेबसाइट मार्फत निःशुल्क Computer Based Test (CBT) आधारित IOE Entrance Mock Test सञ्चालनमा ल्याएको छ। विद्यार्थीहरूले घरमै बसेर जुनसुकै समयमा इन्टरनेटको माध्यमबाट Mock Test दिएर वास्तविक IOE प्रवेश परीक्षा जस्तै अनुभव प्राप्त गर्न सक्नेछन्।
कलेजका अनुसार Mock Test वास्तविक IOE प्रवेश परीक्षाको ढाँचा अनुसार तयार गरिएको छ। यसमा गणित, भौतिकशास्त्र, रसायनशास्त्र तथा अङ्ग्रेजी विषयका 10000+ प्रश्नहरू समावेश गरिएका छन्। परीक्षा सम्पन्न भएपछि विद्यार्थीले तत्काल नतिजा र विषयगत प्रदर्शन विश्लेषण प्राप्त गर्ने सुविधा रहेको छ, जसले आफ्नो कमजोर तथा सबल पक्ष पहिचान गरी थप प्रभावकारी तयारी गर्न सहयोग पुर्याउने कलेजको विश्वास छ। कलेजले यो प्लेटफर्मलाई केवल अभ्यास परीक्षा मात्र नभई विद्यार्थीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा विकास गरेको जनाएको छ। नियमित रूपमा Mock Test दिएर विद्यार्थीले समय व्यवस्थापन, प्रश्न समाधान गर्ने गति तथा परीक्षा रणनीतिमा सुधार गर्न सक्ने अपेक्षा गरिएको छ।
यससँगै, Mock Test तथा IOE प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीका लागि कलेजले विभिन्न छात्रवृत्ति तथा पुरस्कार योजनाहरू समेत उपलब्ध गराएको छ। कलेजमा अध्ययनका लागि IOE प्रवेश परीक्षाको उत्कृष्ट रैंकका आधारमा चारवर्षसम्मको छात्रवृत्ति, सेमेस्टर उत्कृष्टता छात्रवृत्ति, Excellence Awards लगायतका विभिन्न सुविधा प्रदान गरिने व्यवस्थारहेको छ।
कान्तिपुर इन्जिनियरिङ कलेजले IOE प्रवेश परीक्षाको तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीलाई आफ्नो आधिकारिक वेबसाइटमा निःशुल्क दर्ता गरी कुनै पनि स्थानबाट, जुनसुकै समयमा Mock Test दिएर तयारीलाई अझ प्रभावकारी बनाउनतथा उपलब्ध छात्रवृत्ति योजनाको अवसरको लाभ लिन आग्रह गरेको छ।
Website: https://kec.edu.np
Your email address will not be published. Required fields are marked *