नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा ६४औँ इन्जिनियर्स दिवस भव्य रूपमा मनाइँदै
Home News मुख्य समाचार

नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा ६४औँ इन्जिनियर्स दिवस भव्य रूपमा मनाइँदै

Engineer Khabar - July 18, 2026 98590 views
images/Engineers_Day_64th_Program_Logo.png

Text Size

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन ले "युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण" भन्ने मूल नाराका साथ विविध प्राविधिक तथा औपचारिक कार्यक्रम आयोजना गरी ६४औँ इन्जिनियर्स दिवस मनाउने भएको छ। 
 भोलि श्रावण ३ गते आईतबार ग्वार्को स्थित रोयल टुलिप होटेलमा आयोजना कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको नेपाल इञ्जिनियर्स एसोसिएसनका महासचिव बिनोद प्रकाश पण्डितले बताउनु भयो। बिहान १०:०० बजे देखि सुरु हुने कार्यक्रममा दिनभर विभिन्न विषयमा प्राविधिक सत्र सञ्चालन गरिनेछ भने दिउँसो ३:०० बजेदेखि मुख्य समारोह आयोजना हुने एसोसिएसनले जनाएको छ। नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरिङ पेशाको गरिमा अभिवृद्धि, युवा इन्जिनियरहरूलाई प्रेरित गर्दै समृद्ध नेपालको निर्माणमा इन्जिनियरहरूको भूमिका थप सशक्त बनाउने उद्देश्यका साथ यस वर्षको इन्जिनियर्स दिवस मनाउन लागेको जनाएको छ।
बिहान १०:३० बजे देखि "युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण" विषयमा प्रमुख प्राविधिक सत्र हुनेछ भने त्यस लगत्तै अन्य विभिन्न सत्रहरुको आयोजना हुनेछ। प्राविधिक सत्रहरूमा राष्ट्र निर्माणमा व्यावसायिक इन्जिनियरिङ संस्थाहरूको भूमिका, भवन संहिता, भू-प्राविधिक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण, परामर्श इन्जिनियरिङ, ऊर्जा सुरक्षा, पुल इन्जिनियरिङ तथा मूल्यांकन (Valuation) लगायत समसामयिक विषयमा विज्ञहरूबीच प्रस्तुति र छलफल हुने कार्यक्रम रहेको प्राविधिक सत्रका सदस्य सचिव ई. सन्जय कुमार साहले बताउनु भयो । यी सत्रहरू नेपाल इन्जिनियरिङ परिषद् तथा विभिन्न पेशागत इन्जिनियरिङ संस्थासँगको सहकार्यमा सञ्चालन हुनेछन्। 
प्राविधिक सत्रहरु सम्पन्न भए पश्चात दिउसो ३:०० बजे बाट मुख्य समारोह आयोजना हुनेछ। मुख्य समारोहमा राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ। ६४ औँ इञ्जिनियर्स दिवसको अवसर पारेर नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरिङसहित विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने १० जना उत्कृष्ट इन्जिनियरहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ। पुरस्कृत हुने इन्जिनियरहरुलाई राष्ट्रपतिले सम्मान पत्र तथा मेडल दिने आयोजकले जनाएको छ। ६४औँ इन्जिनियर्स दिवसको मुल समारोहलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय विराजभक्त श्रेष्ठ र राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
औपचारिक कार्यक्रमको समापन पछि विभिन्न ब्याण्ड को सांस्कृतिक प्रस्तुति रहनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *