६४ औँ इन्जिनियर दिवस सम्पन्न
Home News मुख्य समाचार

६४ औँ इन्जिनियर दिवस सम्पन्न

Engineer Khabar - July 19, 2026 89175 views
images/725120873_2260602581350252_6225399411123178872_n.png.jpeg
images/725120873_2260602581350252_6225399411123178872_n.png.jpeg
Text Size

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन ले "युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण" भन्ने मूल नाराका साथ विविध प्राविधिक तथा औपचारिक कार्यक्रम आयोजना गरी ६४औँ इन्जिनियर्स दिवस मनाएको छ।

images/725120873_2260602581350252_6225399411123178872_n.png.jpeg

आज ललितपुरको ग्वार्को स्थित रोयल टुलिप होटेलमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। बिहान १०:०० बजे देखि सुरु भएको कार्यक्रममा दिनभर विभिन्न ८ वटा विषयमा प्राविधिक सत्र सञ्चालन भएको थियो । युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण, राष्ट्र निर्माणमा व्यावसायिक इन्जिनियरिङ संस्थाहरूको भूमिका, भवन संहिता, भू-प्राविधिक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण, परामर्श इन्जिनियरिङ, ऊर्जा सुरक्षा, पुल इन्जिनियरिङ तथा मूल्यांकन (Valuation) लगायत समसामयिक विषयमा विज्ञहरूबीच प्रस्तुति र छलफल कार्यक्रम आयोजना भएको थियो।  यी सत्रहरू नेपाल इन्जिनियरिङ परिषद् तथा विभिन्न पेशागत इन्जिनियरिङ संस्थासँगको सहकार्यमा सञ्चालन भएको थियो ।

images/725120873_2260602581350252_6225399411123178872_n.png.jpeg

उत्कृष्ट १० इन्जिनियर पुरस्कृत

६४ औँ इञ्जिनियर्स दिवसको अवसर पारेर नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरिङ सहित विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने १० जना उत्कृष्ट इन्जिनियरहरुलाई पुरस्कृत गरेको छ। आजीवन योगदान सम्मान –  बदन लाल न्याछ्यों (ललितपुर), शैक्षिक इन्जिनियर उत्कृष्टता सम्मान – इ. डा. प्रा. गजेन्द्र शर्मा (स्याङ्जा), नवप्रवर्तन इन्जिनियर उत्कृष्टता सम्मान – इ. महेश न्यौपाने (काठमाडौं), स्व. इ. नवराज विष्ट स्मृति सम्मान – इ. दिनेश कुमार घिमिरे (कास्की), NEA प्रादेशिक उत्कृष्टता सम्मान –  NEA लुम्बिनी प्रदेश, नेपाली डायस्पोरा इन्जिनियर उत्कृष्टता सम्मान – इ. प्रा. डा. होमबहादुर रिजाल (जापान), सार्वजनिक सेवा उत्कृष्टता सम्मान – इ. सुनिल कुमार कुशवाहा (बारा), महिला आर्किटेक्ट उत्कृष्टता सम्मान – आर्किटेक्ट सुनिता सुवेदी (ललितपुर), महिला इन्जिनियर उत्कृष्टता सम्मान – इ. डा. रेश्मा श्रेष्ठ (ललितपुर) र युवा इन्जिनियर उत्कृष्टता सम्मान – इ. डा. विकास अधिकारी (कास्की) पुरस्कृत भएका थिए।  पुरस्कृत हुने इन्जिनियरहरुलाई राष्ट्रपतिले सम्मान पत्र तथा मेडल दिनु भएको थियो। 

पूर्वाधार बिकास र प्राविधिक रुपान्तरणमा इन्जिनियरको भूमिका अविष्मरणीय: राष्ट्रपति पौडेल

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार बिकास र प्राविधिक रुपान्तरणमा इन्जिनियरको भूमिका अविष्मरणीय हुने बताउनु भयो। स्थापनाको साढे छ दशकमा मुलुकको पूर्वाधार बिकास, पेशागत मर्यादा र प्रतिष्ठा अभिवृद्धिका लागी नेपाल इन्जिनियर्स एसोसिएसनले खेलेको भूमिका प्रशासनीय रहेको राष्ट्रपति पौडेलले बताउनु भयो। प्राविधिक विमर्श तथा छलफलबाट प्राप्त सुझावहरु राष्ट्रको नीति निर्माणका लागी कोशेढुंगा साबित हुने बताउदै राष्ट्रपति पौडेलले इन्जिनियरहरुले प्राप्त गरेको ज्ञान, सिप तथा अनुभवहरु मुलुकको बिकास र समृद्धिका लागी उपयोग गर्न सुझाव दिनु भयो।

इन्जिनियरहरुको भूमिका अद्दितिय, अपरिहार्य र प्रेरणादायी : मन्त्री श्रेष्ठ

कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बिराजभक्त श्रेष्ठले राष्ट्र निर्माणमा इन्जिनियरहरुको भूमिका अद्दितिय, अपरिहार्य र प्रेरणादायी रहेको स्मरण गर्नु भयो। सडक, पुल, जलविद्युत, सिचाई, प्रसारण लाइन, खानेपानी लगाएत आधुनिक पूर्वाधारको बिकास संगै देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरुको काँधमा रहेको उहाले बताउनु भयो।  आर्थिक बिकास र सामजिक न्यायका बिबिध क्षेत्रमा इन्जिनियरहरुले खेलेको भूमिकाको प्रशंशा गर्दै व्यवसायिक इमान्दारी, प्राविधिक उत्कृष्टता, पारदर्शीता र सामाजिक उत्तरदायित्वलाई कार्य संस्कृतिको आधार बनाउदै गुणस्तरमा सम्झौता नगर्न  र राष्ट्रको सर्वोपरी हीतलाई प्राथमिकतामा राख्न आम इन्जिनियर समुदायलाई आह्वान गर्नु भयो।  

अब राष्ट्रिय इन्जिनियर दिवस : अध्यक्ष बराल 
नेपाल इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुबास चन्द्र बरालले हरेक वर्ष श्रावण ३ मा मनाउदै आइरहेको इञ्जिनियर्स दिवसलाई अब देखि राष्ट्रिय इञ्जिनियर्स दिवसको सम्बोधन गरिने घोषणा गर्नुका साथै सरकारी क्यालेण्डमा समेत अंकित गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नु भयो।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बरालले युवा इन्जिनियरहरुलाई देश भित्रै अवसर सिर्जना गर्न राज्यका विभिन्न निकायहरुसँग सार्थक पहल गरि रहेको तर अझै पर्याप्त अवसरहरु सिर्जना नभएको भन्दै सरोकारवाला निकायहरुबिच सार्थक पहल हुनु पर्ने र त्यसका लागी एसोसिएसनले हर सम्भवको प्रयास गर्ने बताउनु भयो। आगामी दिनमा गुण र दोषका आधारमा प्रोत्साहन र सजायको व्यवस्था गर्दै इन्जिनियरहरुको पूर्ण क्षमताको उच्चतम प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो। साथै अध्यक्ष बरालले बिकास निर्माणमा कार्यरत इन्जिनियरहरुको सुरक्षा प्रत्याभूति गर्न, इञ्जिनियरिङ सेवा आयोग प्रक्रियालाई अघि बढाउन, नेपाल इञ्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको स्थापना गर्न, इञ्जिनियरिङ स्टाफ कलेजको व्यवस्था गर्न, न्युनतम पारिश्रमिक निर्धारण गर्न सरकारलाई आह्वान गर्नु भयो। साथै प्राविधिक त्रुटी र कमजोरीलाई भ्रष्टाचारको कसुरमा नराख्न समेत उँहाले आह्वान गर्नु भयो। पेशाका दौरानमा देखिने सुनिने गरेका केही नैतिक त्रुटी र अनियमितताको घटनाले सिंगो इञ्जिनियरिङ समुदाय प्रति अविश्वास बढेको भन्दै इञ्जिनियरिङ पेशामा कार्यरत सबै इन्जिनियर तथा आर्किटेक्टहरुलाई उच्चतम नैतिक आचरण पेश गर्न अध्यक्ष बरालले अनुरोध समेत गर्नु भयो।

images/725120873_2260602581350252_6225399411123178872_n.png.jpeg

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुबास चन्द्र बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन उपमहासचिव अनिल मानन्धरले गर्नु भएको थियो भने महासचिव बिनोद प्रकाश पण्डितले वृतचित्र प्रस्तुत गर्नु भएको थियो।

images/725120873_2260602581350252_6225399411123178872_n.png.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *