ई. दीपक कुमार साह: वरिष्ठ ऊर्जा विज्ञ देखि माननीय मन्त्रीसम्म
Home News मुख्य समाचार

ई. दीपक कुमार साह: वरिष्ठ ऊर्जा विज्ञ देखि माननीय मन्त्रीसम्म

Engineer Khabar - Sept. 10, 2026 52638 views
images/659769508_10164864215689810_2672265238777542395_n.jpg
images/659769508_10164864215689810_2672265238777542395_n.jpg
Text Size

ऊर्जा तथा जलविद्युत क्षेत्रका विज्ञ ई. दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रीमा नियुक्त भएका छन्।  सुनसरी ४ बाट  प्रतिनिधि सभा सदस्य पदमा बिजयी भएका साहले आज राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।  सुनसरी-४ मा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका साहले पहिलो पटक राजकीय जिम्मेवारी सम्हालेका हुन्।  

images/659769508_10164864215689810_2672265238777542395_n.jpg

इन्जिनियरिङ पृष्ठभूमिका साहसँग नेपालका जलविद्युत आयोजना सञ्चालन, व्यवस्थापन र प्राविधिक सुधारमा विशेषज्ञ स्तरमा काम गरेको अनुभव छ। उनी विभिन्न जलविद्युत आयोजनाहरूको सञ्चालन, मर्मतसम्भार  र उत्पादन दक्षता वृद्धि सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न भएका छन्। उनले ISO 9001:2015 प्रमाणित कम्पनी Hydro Operation & Maintenance Services Pvt. Ltd. (HOMES) का सल्लाहकारका रूपमा कार्यरत रहँदै जलविद्युत व्यवस्थापन, ऊर्जा दक्षता र संस्थागत सुधारका क्षेत्रमा योगदान दिएका छन्। नेपालको ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि, प्राविधिक दक्षता, पारदर्शिता र दिगो ऊर्जा विकासका लागि नीति र कार्यान्वयन स्तरमा अनुभव हासिल गरेका साह जलविद्युत तथा ऊर्जा क्षेत्रमार्फत युवाहरूलाई प्राविधिक सीप, रोजगारी र स्वरोजगार सिर्जना गर्न पहल गर्दै आएका छन्।
नेपालको ऊर्जा आत्मनिर्भरता, विद्युत निर्यात, ग्रामीण विद्युतीकरण तथा ऊर्जा सुरक्षाका लागि स्पष्ट दृष्टिकोण र नेतृत्व क्षमता भएका साह संसदयी राजनीतिमा पनि पहिलो पटक निर्वाचित भएका हुन्। पुल्चोक क्याम्पसबाट सन् १९९९ मा मेकानिकल इञ्जिनियरिङ विषयमा स्नातक सम्मको अध्ययन गरेका साहले पछि नेपाल खुला विश्वविद्यालयबाट सन् २०२५ मा Natural Resource Development मा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका हुन्। 
साहले पुल्चोक क्याम्पसमा रहदा नै नेतृत्व शैलीको बिकास गरेका थिए। पुल्चोक क्याम्पसको नेपाल तराइ विद्यार्थी नवजागरण संघको सदस्य, सचिव हुदै अध्यक्ष सम्मको भूमिका निर्वाह गरेका  थिए। पछि मधेशमा जनमत पार्टीले पार्टी निर्माण गरेसंगै साहले पनि जनमतको स्थायी कमिटि सदस्य हुदै उपाध्यक्ष सम्मको भूमिका निर्वाह गरेका थिए।
जनमतमा आएको बिद्रोहसँगै साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर निर्वाचन लडेका थिए र नेपाली कांग्रेसको दबदबा रहेको क्षेत्रबाट काङ्ग्रेसकै हेवी वेट उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई फराकिलो मतान्तरले हराएर निर्वाचित भएका हुन्।  साहले मन्त्रालय सम्हाले पछि सुनसरी - ४ मा भेटिएका अधिकांश मतदाताले साहले मन्त्रालयको जिम्मा कुशलता पुर्वक निभाउनेमा आफुहरु विश्वस्त रहेको बताए।  
४२ मेवा को मिस्त्री खोला हाइड्रो देखि २२ मेवाको बागमती, ४५ मेवाको भोटेकोशी हाइड्रोमा काम गरेका साह भारत, चीन, कतार मलेशिया जस्ता देशहरु भ्रमण समेत गरि सकेका छन्। साहले मधेश इनिसिएटिभ नामक संस्थाबाट मधेशको ग्रासरुटमा बसेर यहाँको बिकास, समस्या पहिचान र समाधनका लागी समेत ६ वर्ष भन्दा बढी काम गरेका छन्। 

images/659769508_10164864215689810_2672265238777542395_n.jpg
images/659769508_10164864215689810_2672265238777542395_n.jpg


बलियो पृष्ठभुमी र आगामी चुनौती 
प्राविधिक ज्ञानलाई नेतृत्व र संस्थागत क्षमता विकाससँग जोड्ने अनुभव बनाएका साहको आगामी कार्य भने चुनौती पूर्ण छ ।  नेपालमा उद्योगको उत्पादन लागत, लगानीको वातावरण, कमजोर औद्योगिक पूर्वाधार, आयातमा उच्च निर्भरता, व्यापार घाटा, अस्थिर आपूर्ति, बजार मूल्यको उतारचढाव र उपभोक्ता हितका प्रश्न एकअर्कासँग गाँसिएका छन्। यस्तो अवस्थामा नयाँ उद्योगमन्त्रीका लागि चुनौती केवल मन्त्रालयको दैनिक प्रशासन सञ्चालन गर्नु होइन; उत्पादन बढाउने, उद्योगलाई प्रतिस्पर्धी बनाउने, आपूर्ति प्रणालीलाई पूर्वानुमानयोग्य बनाउने, निजी क्षेत्रको विश्वास बढाउने, बजारलाई अनुशासित गर्ने र स्वदेशी उत्पादनलाई अर्थतन्त्रको बलियो आधार बनाउने हो।
विशेषगरी हालै देखिएको आपूर्ति संकटको पृष्ठभूमिमा उहाँको प्रारम्भिक कार्यसम्पादनलाई जनताले अझ नजिकबाट हेर्नेछन्। आपूर्ति व्यवस्थापनमा पूर्वतयारी, संकट आउनुअघि प्रणालीले गर्ने जोखिम पहिचान, राज्यको भण्डारण तथा वितरण संयन्त्रको प्रभावकारीता,  कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण र संकट समाधान जस्ता विषयले साहको नेतृत्व शैलीलाई परीक्षण गर्ने नै छ। साहले आफ्नो प्राविधिक पृष्ठभूमिलाई औद्योगिक नीति, उत्पादन र उत्पादकत्व वृद्धि, प्रविधि हस्तान्तरण, ऊर्जा–उद्योग सम्बन्ध, गुणस्तर मापदण्ड, लगानी सहजीकरण, निर्यात प्रवर्द्धन र आपूर्ति शृङ्खला सुधारमा रूपान्तरण गर्न सके उनको कार्यकाल सफल बन्ने नै छ। 

images/659769508_10164864215689810_2672265238777542395_n.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *