हङकङको ठुलो राजनीतिक पार्टी डेमोक्रेटिक अलाइन्स फर बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (डीएबी)ले नेपालका बाढी प्रभावितका लागि २ लाख हङकङ डलर सहयोग गरेको छ। डीएबीका नेताहरू आज (बुधबार) हङकङस्थित नेपाली महावाणिज्यदूतावास कार्यालय पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
डिएबी अध्यक्ष तथा सांसद गेरी चान, सांसदहरू होल्डन चाउ र भिन्सेन्ट चेन, डिस्ट्रिक्ट काउन्सलरहरू बेन्नी याङ, क्रेग जो र अरुणा गुरुङसहित महावाणिज्यदूतावास कार्यालय पुगेका थिए।उक्त अवसरमा डीएबी नेताहरूले महाविपत्तिको यस दु:खद घडीमा हङकङ नेपालको साथमा रहेको बताए।
बुधबार (१० भदौ) मा नेपाल-चीन सीमामा गएको पहिरोका कारण हिमताल फुट्दा भोटेकोसी हुँदै त्रिशूली नदीमा भीषण बाढी आएको थियो। जसले नेपालका रसुवा, नुवाकोट र धादिङमा ठुलो जनधनको क्षति पुर्यायो। बुधबार बिहानसम्मको तथ्यांकअनुसार, बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। मृतकमा पनि हालसम्म ९५ जनाको मात्र सनाखत हुन सकेको छ।
Your email address will not be published. Required fields are marked *