सर्लाहीका पीडित परिवारलाई हेटौंडा उपमहानगरले देखाएको सक्रियता
Home News मुख्य समाचार

सर्लाहीका पीडित परिवारलाई हेटौंडा उपमहानगरले देखाएको सक्रियता

Engineer Khabar - Nov. 14, 2026 609 views
images/Your_paragraph_text_UDozCpW.png
images/Your_paragraph_text_UDozCpW.png
Text Size


मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका चक्रघट्टाका १३ जनाको शव हेटौंडाबाट सर्लाही पठाइएको छ। शोकमा डुबेका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले शव व्यवस्थापन, खाना र बास स्थानसम्मको व्यवस्था गर्ने देखि आफन्तलाई घर पुर्‍याउनेसम्मको प्रबन्ध मिलाएको हो। हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाको पहलमा तीन वटा शव वाहनको व्यवस्था गरी १३ जनाको शव सर्लाही पठाइएको छ।  उपमहानगरको आफ्नै शव वाहन, नारायणी यातायातको शव वाहन र अर्को एक शव वाहनको प्रबन्ध गरेर शवहरू सम्बन्धित परिवारसम्म पुर्‍याउने व्यवस्था मिलाइएको हो।

images/Your_paragraph_text_UDozCpW.png

नगर प्रमुखको गाडी पनि परिचालन 
दुर्घटनामा आफन्त गुमाएका परिवारलाई शवसँगै घर फर्कन समेत समस्या नहोस् भनेर हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाले आफू चढ्दै आएको बागमती प्रदेश ०३ ००१ झ ०१९० नम्बरको सवारीसमेत उपलब्ध गराएकी छन्। उक्त सवारीमा पीडित परिवारका आफन्तलाई सर्लाहीस्थित घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। "आफन्त गुमाउनु भएको उहाँहरुको पीडा असह्य छ, हामीले मानवताको हिसाबले उहाँहरुको घाउमा सक्दो मल्हम लगाउने प्रयास मात्र गरेका हौँ। " नगर प्रमुख लामाले बताइन। घटना लगतै घाइतेहरुको उद्दार गर्न, मृतकहरुको शव व्यवस्थापन गर्नका लागी लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहित सरोकारवाला निकायहरुसँग समेत निरन्तर समन्वय गरि रहेकी थिइन्। पीडित परिवारलाई सान्त्वना दिदैँ बिहीबारदेखि अस्पतालमा खटिएकी मेयर लामाले पोस्टमार्टमदेखि घर पु¥याउनेसम्मको काममा सहायता प्रदान गरेकी हुन्। बिहीबार राति हेटौंडामा रहेका पीडित परिवारका ३७ जनालाई खाना र आवासको समेत उपमहानगरले नै व्यवस्था गरेको थियो। 

images/Your_paragraph_text_UDozCpW.png
images/Your_paragraph_text_UDozCpW.png

अकल्पनीय दुर्घटनाले एकैपटक ठूलो मानवीय क्षति बेहोरेका परिवारका लागि शव बुझेर घर फर्कनु नै अर्को कठिनाइ बनेको थियो। यस्तो अवस्थामा हेटौंडा उपमहानगरले गरेको यातायात व्यवस्थापनले शोकाकुल परिवारलाई केही सहजता दिएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बताए। दुखद् घडीमा हेटौंडा उपमहानगरले सुरु देखि दिएको सहयोग प्रति उनले धन्यवाद व्यक्त गरे।  आफन्तको शव बोकेर घर फर्कनुपरेको पीडालाई कम गर्न नसकिए पनि दुःखको घडीमा गरिएको यो सहयोग पीडित परिवारका लागि हेटौंडाको मानवीय साथ र मल्हम बनेको अध्यक्ष यादवको भनाइ छ।

images/Your_paragraph_text_UDozCpW.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *