हेटौंडाको नीति: मेयर्स फेलोशिपदेखि दीदी बहिनी बिउ बैंक सम्म
Home News मुख्य समाचार

हेटौंडाको नीति: मेयर्स फेलोशिपदेखि दीदी बहिनी बिउ बैंक सम्म

Engineer Khabar - June 23, 2026 789210 views
images/729327786_3678114312337389_4687504875144725852_n.jpg

Text Size

हेटौंडा उपमहानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत  गरेको छ। नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाले थुप्रै युवा लक्षित कार्यक्रम ल्याएको छ।  
सामुहिक खेतीलाई प्रोत्साहन गर्न नगरले २०० बिघाह क्षेत्रफलमा ड्रयागन फ्रुट तथा मेवा खेतीमा लगानी बिस्तार गर्ने जनाएको छ। यस्तै जेनजी पुस्तालाई उत्पादन तथा आयमा जोड्नका लागी युवा लक्षित कृषि कार्यक्रम अगाडी लैजाने नगरको तयारी छ।  नगरले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट कृषक सम्मानलाई यस वर्ष पनि निरन्तरता दिने र रैथाने बिउको संरक्षणका लागी दीदी बहिनी बिउ बैंक संचालन गर्ने नगरको नीति छ। 
यस्तै हेटौडा उपमहानगरपालिकाले नगर भित्रका विभिन्न सार्वजनिक सरोकारका विषयमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ता व्यक्ति तथा संस्थालाई मेयर्स फेलोशिप दिने भएको छ भने अनुसन्धान कार्यका लागी लगानी बढाउदै युवा बैज्ञानिक कार्यक्रम संचालन गर्ने नगरको नीति छ। 

Leave a Comment

Your email address will not be published. Required fields are marked *