सुदूरपश्चिम स्टार्टअप समिट २०८३ आयोजना हुने
Home News मुख्य समाचार

सुदूरपश्चिम स्टार्टअप समिट २०८३ आयोजना हुने

Engineer Khabar - Oct. 29, 2026 712 views
images/877005248_1746145230852980_6636169577916254252_n.jpg

Text Size

सुदूरपश्चिम प्रदेशमा उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक ‘सुदूरपश्चिम स्टार्टअप समिट २०८३’ आयोजना हुने भएको छ। “स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यम सम्म” (From Local Potential to Investable Enterprises) भन्ने मुख्य नाराका साथ समिट आयोजना हुन लागेको हो। भोलि कार्तिक १३ गते देखि कैलाली बहुमुखी क्याम्पस, धनगढीमा आयोजना हुने यो समिट १५ गते सम्म चल्ने छ। 

images/877005248_1746145230852980_6636169577916254252_n.jpg

सुदूरपश्चिम विश्वविद्यालयको इन्कुबेसन सेन्टर, कैलाली बहुमुखी क्याम्पसको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, एस.पी.ए. कलेज, एनडब्लूए कलेज र कैलाली उद्योग वाणिज्य संघको सहकार्य रहेको छ भने सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, बढीमालिका नगरपालिका, पन्चेस्वर गाउँपालिका लगाएत विभिन्न सरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था र व्यावसायिक प्रतिष्ठानहरू साझेदारका रूपमा जोडिएका छन्।   
स्थानीय स्तरमा रहेका सम्भावनाहरुलाई लगानीयोग्य व्यावसायिक परियोजनामा रूपान्तरण गर्न नव उद्यमी, लगानीकर्ता, अनुसन्धानकर्ता र नीति निर्माताहरूबीच प्रत्यक्ष अन्तरक्रिया तथा नेटवर्किङ हुने यो कार्यक्रमले विभिन्न कार्यक्रममा अध्ययन गरि रहेको विद्यार्थीहरुलाई सहयोग पुराउने आयोजकले जनाएको छ। 
स्टार्टअपहरूका लागि लगानीको अवसर र प्रवर्द्धनात्मक सहकार्य: प्रा. डा. भट्ट, उपकुलपति
सुदूरपश्चिमको आर्थिक विकास र युवाहरूमा उद्यमशीलताको विकासका लागि यो समिट महत्वपुर्ण साबित हुने विश्वास लिएको सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसन दत्त भट्टले बताउनु भयो।  आजको शिक्षालाई सिपमा, सिपलाई उद्योगमा र उद्योगलाई उत्पादनमा जोड्न यस्ता प्रकारका कार्यक्रमहरुको आयोजना गरेको र यसले युवाहरुमा नव प्रवर्धन र स्टार्ट अपको अवधारणा बिकास गर्न सहयोग पुराउछ" डा. भट्टले भन्नु भयो। सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले उदघाटन गर्नु हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ। 

Leave a Comment

Your email address will not be published. Required fields are marked *